स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ: डब्लूएचओ

स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ: डब्लूएचओ


विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। हाल जारी कोभिड–१९ महामारी जस्तै भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि सधैं तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह छ।

नेपालमा जारी ७४औं बैठकमा सहभागी राष्ट्रका स्वास्थ्यमन्त्रीले भविष्यमा कोभिड–१९ महामारी जस्तै आपतकालिन महामारी आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन्।

क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले विश्व स्वास्थ्यमा अभूतपूर्व चुनौती ल्याएको बताएका छन्। विश्वका कुनै पनि देश कोभिड–१९ जस्ता रोगको आपतकालिन सामना गर्न तयार नरहेको अहिलेको स्वास्थ्य प्रणालीले देखाएको उनले बताए।

आपतकालिन जोखिम व्यवस्थापनको सवलिकरण सन् २०१४ देखि यसक्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ। 

‘राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन्। महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्,’ उनले भने। स्वास्थ्य सुरक्षा प्रणालीका गम्भीर कमी, कमजोरीलाई सम्बोधन गर्नु अहिलेको प्रथम आवश्यकता रहेको उनले बताए।

बैठकमा सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नतालगायत तयारी प्रक्रियाका विभिन्न पक्षमा समेत छलफल गरेका छन्।न्युज कारखानाबाट

Logo