आज २,९५७ कोरोना संक्रमणमुक्त हुँदा १,०९५ जना संक्रमित

आज २,९५७ कोरोना संक्रमणमुक्त हुँदा १,०९५ जना संक्रमित


पछिल्लो २४ घण्टामा २,९५७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १,०९५ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । त्यस्तै, ७ लाख ५२ हजार १७० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सोमबार सबैभन्दा धेरै काठमाडौं २९८ जना संक्रमित थपिएका छन् । 
 

Logo