११ कात्तिक २०७८ बिहीबार

आज १,६३० कोरोना संक्रमणमुक्त, १,४७८ जना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ६३० जना संक्रमणमुक्त भएका छन्  भने १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ भने ७ लाख ५५ हजार ६३० जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ जना रहेका छन् । जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा  छन् । कोरोनाका बिरामीमध्ये ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४३ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ३५५ जनामा संक्रमण देखिएको छ । 

स्वास्थ्य

प्रकाशित: ६ असोज २०७८ १७:२५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी