११ कात्तिक २०७८ बिहीबार

हैजाबाट नाइजेरियामा ३२९ जनाको मृत्यु

नाइजेरियाको एक उत्तरी प्रान्तमा हैजाको प्रकोपका कारण ३२९ जनाको मृत्यु भएको छ । गएको मार्च महिनादेखि सुरु भएको हैजाले नाइजेरियाको उत्तरी कानो राज्यमा कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लियाले उक्त राज्यका कम्तीमा पनि ४४ स्थानीय तहमा हैजाको प्रकोप फैलिएको थियो । त्यसमा परेर ती व्यक्तिको ज्यान गएको हो र अरु कैयौँ विरामी पनि परेका छन् । ती स्थानीय निकायहरुमा ११ हजार ११५ जनामा हैजा फेलिएको आशंका गरेर परीक्षण गरिएको थियो । तीमध्ये स्वास्थ्य परीक्षणमा धेरै निको भएका थिए ।

अहिले पनि ३१ जना हैजा लागेको पुष्टि भएका व्यक्ति अस्पतालमा उपचार गराइरहेका बताइएको छ । हाल हैजाको प्रकोप देखिएका स्थानहरुमा स्वास्थ्य निगरानी राखिएको बताइएको छ । - रासस 

स्वास्थ्य

प्रकाशित: ७ असोज २०७८ १२:१९ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी