कोरोना अपडेटः १ हजार ३७१ जना निको हुँदा ९५३ जना संक्रमित थपिए

कोरोना अपडेटः १ हजार ३७१ जना निको हुँदा ९५३ जना संक्रमित थपिए


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ।

नेपालमा आज ९५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९० हजार ६६२ जना र एन्टीजेन परीक्षणबाट ९० हजार ४४३ जना पुगेको छ। 

आज ६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

आज १० हजार ५७९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४१ लाख ५३ हजार ८३३ जनाको पिसिआर र ५ लाख ५९ हजार ८५१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।
 

Logo