कोरोना अपडेटः ९११ जना संक्रमणमुक्त हुँदा, १,०७८ जनामा कोरोना पुष्टि

कोरोना अपडेटः ९११ जना संक्रमणमुक्त हुँदा, १,०७८ जनामा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा  ९११ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २१० जनाको एन्टिजेन परीक्षण गर्दा १८० गरी १ हजार ७८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ६१ पुगेको छ। नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ भने ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् ।

Logo