दसैँको खानपानले फुड पोइजनिङ होला है ! यस्तो छ घरेलु उपचार विधि

दसैँको खानपानले फुड पोइजनिङ होला है ! यस्तो छ घरेलु उपचार विधि


दसैँ त हो नि भनेर जथाभाबी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन् । अझ कतिपयले त यो दसैँमा खाने हो भनेर महिनौँदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फुड पोइजनिङको जोखिम उच्च हुने गरेको छ । 

खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो खाना खाएमा फुड पोइजनिङ हुन्छ। गर्मी मोसममा फुड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि यो समयमा फुड पोइजनिङ हुने गरेको छ ।

विशेष गरी खानेकुरामा हुने ब्याक्टेरियाका कारण फुड पोइजनिङ हुन्छ । पकाएको खानामा ब्याक्टेरिया मर्ने भएकोले नपकाएको खानामा फुड पोइजनको जोखिम बढी हुन्छ।

विशेष गरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ । चिसो पेयपदार्थ कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ ।

फुड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ।

फुड पोइजनिङकाट बच्न खानालाई सफा गरेर राम्रोसँग पकाउनु पर्छ। खाना बनाउनुअघि, खानु र खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ। पकाएका खानेकुराहरू छोपेर राख्नुपर्छ भने एकै पटक धेरै खानेकुरा खान हुँदैन । प्याकेजिङ खाना, केमिकलयुक्त खानेकुरा सकेसम्म नखाएको राम्रो ।

फुड पोइजनले दीर्घकालीन असर नगरेता पनि यसले स्वास्थ्यमा भने नकारात्मक असर पुर्याउँछ।

घरेलु उपचार विधि 

अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीन पटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ। 

नरिवल पानी सेवन गर्दा औषधिको काम गर्छ ।

तुलसीको पातलाई उमालेर मह मिसाएर पिउँदा राहत मिल्छ।

एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ।

एक चम्चा जिरा पिसेर खानामा प्रयोग गरेमा फुड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ।

फुड प्वाइजनमा स्याउ र केराको सेवन एकदमै लाभदायक मानिन्छ।

यस्तो बेला पानीको सेवन बढी मात्रामा गर्दा फाइदाजनक हुन्छ।

न्युज कारखाना

Logo