१२ मंसिर २०७८ आइतबार

८ सय ४५ जना कोरोना संक्रमणमुक्त हुँदा १४७ जनामा संक्रमण पुष्टि

नेपालमा थप १ सय ४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

१ हजार ४४६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा ३२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप ८ सय ४५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भइसकेका छन् । 

आज थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २७८ जनाको मृत्यु भइसकेको छ । 

स्वास्थ्य

प्रकाशित: ३० असोज २०७८ १६:४८ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी