२० मंसिर २०७८ सोमबार

६ सय ८० जना कोरोना संक्रमणमुक्त हुँदा ३९१ जनामा संक्रमण पुष्टि

नेपालमा थप ३ सय ९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

६ हजार ९६६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा  ३८५ तथा एक हजार १११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १२ हजार २७९ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप ६ सय ८० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८१ हजार ४५६ जना संक्रमणमुक्त भइसकेका छन् । 

आज थप ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २८४ जनाको मृत्यु भइसकेको छ । 

स्वास्थ्य

प्रकाशित: ३१ असोज २०७८ १६:३५ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी