९ सय ३७ जना कोरोना संक्रमणमुक्त हुँदा ५९१ जनामा संक्रमण पुष्टि

९ सय ३७ जना कोरोना संक्रमणमुक्त हुँदा ५९१ जनामा संक्रमण पुष्टि


नेपालमा थप ५ सय ९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

७ हजार ६५४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा  ५२३ तथा २ हजार ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएकोहो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल ११ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घण्टामा थप ९ सय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८२ हजार ३९३ जना संक्रमणमुक्त भइसकेका छन् । 

आज थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ११ हजार २९३ जनाको मृत्यु भइसकेको छ । 

Logo