१८ असार २०७९ शनिबार
1
1
1
1

कोरोना अपडेटः ९११ जना कोरोना संक्रमण मुक्त हुँदा ३७२ जनामा संक्रमण पुष्टि

1
1
1
1

पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३१६ जनको पीसीआर परीक्षण गर्दा २९७ जना र २ हजार ५९५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ३७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३९९ पुगेको छ । कूल निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार १९४ र एन्टीजेनबाट ९४ हजार ५०३ पुगेको छ। 

नेपालमा हाल ९ हजार ५२६ जना सक्रिय संक्रमित रहेका छन् । 

स्वास्थ्य

प्रकाशित: १३ कात्तिक २०७८ १७:३३ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी