२४ मुलुकमा फैलियो ओमिक्रोन

२४ मुलुकमा फैलियो ओमिक्रोन


केही साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले विश्वका विभिन्न देशहरूमा देखिन थालेको छ । पछिल्लो समय यो भाइरस अमेरिका हुँदै दक्षिण कोरियामा देखिएको छ । दक्षिण अफ्रिकालगायतका यो भाइरस देखिएका मुलुकहरूबाट आएका व्यक्तिहरूमा ओमिक्रोन भाइरस देखिँदै आएको छ ।

भेरियन्टको विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । यो भाइरस कति प्रभावशाली छ, हाल हामीले प्रयोग गरिरहेको खोपले काम गर्छ वा गर्दैन भन्ने विषयमा खोज भइरहेको भाइराेलाेजिस्ट डा‍. शेरबहादुर पुन बताउँछन् ।

केन्द्रबिन्दुसँगकाे संवादमा उनले भने ‘यो भेरियन्ट कति घातक, कति खतरनाक भन्ने विषयमा अनुमान बाहेक कुनै तथ्य सार्वजानिक भएको छैन् । यो विषय अझै पनि खोजकै विषय छ । हामीले हाल प्रयोग गरिरहेको खोपले काम नै गर्दैन भन्न सकिने अवस्था छैन् । तर कति प्रभावशालि रुपमा काम गर्ला भन्ने कुरा चाँही अनुसन्धान पछि नै थाह हुन्छ ।’ 

याे भाइरस कतिसम्म घातक छ भन्नेबारे यकिन तथ्य नभए पनि अधिकांश मुलुकहरूले दक्षिण अफ्रिका माथि प्रतिबन्ध लगाइरहेका छन् ।

हालसम्म यो भेरियन्ट स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ । 

 

Logo