बाथरोग सम्बन्धी शिविर सञ्चालन

बाथरोग सम्बन्धी शिविर सञ्चालन


अल्का अस्पतालले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा आईतबारदेखि बिहीबारसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन भएको हो । 

शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै १७ वटा भन्दा बढी बाथरोग सम्बन्धि ल्याब जाँच पनि निशुल्क गरिने अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले कोभिडका कारण अस्पतालले सञ्चालन गर्दै आएका विभिन्न शिविरहरु रोकिए पनि अब नियमित सञ्चालन हुने बताए ।

उनले आजबाट शुरु भएको बाथरोगसम्बन्धी शिविर भने दुई चरणमा गरी ९ दिन सञ्चालन हुने र यो शिविरबाट ग्रामिण जनसमुदायहरु धेरै लाभान्वित हुने बताए । बाथरोग विशेषज्ञ डा.जीवन पौडेलले बाथरोगसम्बन्धी बिरामी भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताए  ।

उनले हाडजोर्नी, नशा सुन्निने, दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनाबारी गडबडी भएकाहरु, बेला बेलामा गर्भ समेत तुहिने समस्या भएका लगायत बाथरोगसँग सम्बन्धित समस्या भएकाहरुको उपचार गरिने बताए ।

सिबिसी, इसिआर, युरिकएसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजीपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्सरे ज्वाइन एण्ड एनएफसीलगायतका ल्याब जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले हरेक दिन सय जना बिरामीहरुलाई जाँच गरिने बताएको छ ।

Logo