नेपालमा ८ दिनमा थपिए ३१ हजार ९३६ जना कोरोना संक्रमित

नेपालमा ८ दिनमा थपिए ३१ हजार ९३६ जना कोरोना संक्रमित


नेपालमा पछिल्लाे एक हप्तामा काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ । अघिल्लाे हप्ता साेमबार थपिनेकाे संख्या १,४४६ जना रहेकाेमा आज साेमबार थपिने संक्रमितकाे संख्या ६,७३४ रहेकाे छ।

गत हप्ता साेमबार १,४४६ जना थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा 
संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे। शनिबार ४,६३६ जना थपिएकाेमा आइतबार ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। आज थपिनेकाे संख्या ६,७३४ रहेकाे छ।

आजकाे अवस्था

गत २४ घण्टाभित्र नेपालमा थप ६,७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १४ हजार १४ जनाको पिसिआर परीक्षण र ३  हजार ४५१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ५९ हजार ४८५ र एन्टिजेन परीक्षणबाट १ लाख २ हजार ४५५ रहेकाे छ। 

निकाे हुनेकाे संख्या ५४७ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १६ हजार ९८५ पुगेकाे छ।

संक्रमणबाट थप ३ जनाकाे मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६२३ रहेकाे छ।

नेपालमा हाल ३० हजार ८७७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ लाख ४३ हजार ३६० खाेप लगाइएकाे छ।

काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९३९ संक्रमित

काठमाडौँ उपत्यकामा थप ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जनामा संक्रमण पुष्टि भएकाे हाे।

काठमाडौँका १९ ठाउँमा बुस्टर डोज

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ। माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइनेछ। 

निजामती कर्मचारी अस्पताल, शुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ। खोप लगाउनका लागि खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।

 

Skip This
Logo