ओमिक्रोनले ज्यान लिन्छ, लापरबाही नगरौँ–डा. रक्षा गौतम (भिडियाे)

ओमिक्रोनले ज्यान लिन्छ, लापरबाही नगरौँ–डा. रक्षा गौतम (भिडियाे)


मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसहरूमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनाको पछिल्लो भेरिएण्ट ओमिक्रोन को संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ । 

आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको सङ्ख्या बढेको छ। 

अल्का अस्पतालकी चिकित्सक डा रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड सङ्क्रमणमा ज्वरो आए नआएको हेर्नु पर्ने बताएकी छन् । यदि ज्वरो  आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पिसिआर गराउन सल्लाह दिइन् । डा गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आम मानिसमा लापरबाही बढेको बताएकी छन् । ओमिक्रोनको संक्रमण ४/५ दिन रहन्छ भनेर लापरबाही गर्न नहुने उनको भनाइ छ । अमिक्रोन सँगको  सानो लापरबाहीले ज्यान नै जान सक्ने बताइन ।

प्रस्तुत छ अल्का अस्पतालका चिकित्सक डा रक्षा गौतम गरेको कुराकानीको सम्पादित भिडियो अंश :

 

Logo