नेपालमा १५ दिनमा थपिए १ लाख ३ हजार ६२२ कोरोना संक्रमित (कुन दिन कति थपिए?)

नेपालमा १५ दिनमा थपिए १ लाख ३ हजार ६२२ कोरोना संक्रमित (कुन दिन कति थपिए?)


पछिल्लो १५ दिनमा नेपालमा १ लाख ३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १५ दिनमा १ लाख ३ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। साेमबार थपिनेकाे संख्या १० हजार ३१९ रहेकाे छ।

दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे। 

साेमबारकाे काेराेना अपडेट

पछिल्लो २४  घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा २१ हजार २०१ वटा नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार १६ हजार ६५४ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ५४ जनामा र  ४ हजार ५४७ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ८२ हजार ५५० रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५४० जना डिस्चार्ज भएका छन् भने मृत्यु ४ जनाको भएको छ।

काठमाडौं उपत्यकामा थप ४,६७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप ४,६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो।

१५ दिनमा कति थपिए?

पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।

माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए। 

माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते  थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने साेमबार १० हजार ३१९ थपिएका छन्।

Logo