मनमोहन अस्पतालमा आईभिएफ सेवा सुरु, बागमतीका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

मनमोहन अस्पतालमा आईभिएफ सेवा सुरु, बागमतीका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन


राजधानीको स्वयम्भुमा रहेको मनमोहन अस्पतालमा आईभिएफ सेवा आजबाट सुरु गरिएको छ । निसन्तान दम्पतीहरुलाई लक्षित गरेर सुरु गरिएको आईभिएफ (टेष्ट ट्युव बेवी) सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र नेपालकै पहिलो आईभिएफ सेवा सुरु गर्ने चिकित्सक डा. भोला रिजालले संयुक्तरुपमा मनमोहन आईभिएफ सेवाको उद्घाटन गरेका हुन् । 

निसन्तान दम्पतीहरुका लागि टेष्ट ट्युव वेवी सेवाको सुरुवात गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए । मुख्यमन्त्री पाण्डेले मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले देशमा १९ जनाले निजी शिक्षण अस्पताल सञ्चालन गर्दा दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको आरोप लगाए । मुख्यमन्त्री श्रेष्ठले मनमोहन अस्पतालले सर्वसुलभरुपमा सेवा प्रवाह गर्ने भयले निजी मेडिकल कलेजहरुको योजनामा मनमोहनलाई रोक्ने काम भएको आरोपसमेत लगाए । 

टेष्टट्युव वेवी सेवा सुरुवात कार्यक्रममा डा. भोला रिजालले नेपालमै टेष्टट्युव वेवी सेवाले नेपाली निसन्तान दम्पतीहरुलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताए। टेष्टट्युव वेवी सेवा सुरुवात कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा. बंशिधर मिश्रले निसन्तान दम्पतीहरुको पीडालाई खुशीमा बदल्न यस्तो सेवा थप गरिएको बताए। 

डा. उषा श्रेष्ठ खाण, बाला मल्ल श्रेष्ठ र चुनुमिला महर्जनले संयुक्तरुपमा नेतृत्व गरेको मनमोहन आईभिएफ प्रा.लिले आजबाट औपचारिकरुपमा सेवा सुरु गरेको जानकारी दिइयो। १८ वर्ष पहिले डा. भोला रिजालले पहिलो पटक सुरु गरेको टेष्टट्युव बेवी विस्तारै फराकिलो हुँदै गएर मनमोहन अस्पतालमा सेवा विस्तार गरिएको जानकारी डा. उषा श्रेष्ठ खड्गीले जानकारी दिइन्।

Logo