गर्भावस्थामा गरिने शारीरिक अभ्यासले जन्मिने बच्चामा मधुमेहको सम्भावना कम

गर्भावस्थामा गरिने शारीरिक अभ्यासले जन्मिने बच्चामा मधुमेहको सम्भावना कम


हाल विश्वमा अब्यवस्थित खानपानका कारण मानिसहरुमा मोटोपना र टाइप २ डाईबिटीज अर्थात मधुमेहका रोगीहरु बढ्दै गएका छन्। मधुमेह २ प्रकारबाट हुन्छ । पहिलो वंशानुगत अर्थात आमा वा बुवालाई मधुमेह छ भने छोराछोरीलाई पनि मधुमेह हुने सम्भावना प्रवल हुन्छ । दोस्रो धेरै हदसम्म खाने कुरा र रहनसहनबाट लाग्ने गर्छ ।

हालै टोहोकु विश्व विद्यालयमा गरिएको रिसर्च अनुसार पश्चिमी र एशियाली देशहरूमा बच्चा जन्माउने उमेर भएका ३०% भन्दा बढी महिलाहरू मोटोपनका शिकार भएका छन् । रिसर्चमा बताइए अनुसार सन् २०४५ सम्ममा ६३० मिलियन मानिसहरूलाई टाइप २ मधुमेह लाग्न सक्ने अनुमान गरिएको छ । सो रिसर्चमा मोटा आमाहरू वा टाइप २ मधुमेह भएका आमाहरूबाट जन्मिएका बच्चाहरू स्वस्थ जीवन जिउँदा पनि मधुमेहको जोखिम बढि नै हुन्छ ।

तोहोकु विश्वविद्यालयको इन्टरडिसिप्लिनरी इन्स्टिच्युट फर फ्रन्टियर साइन्सका सहायक प्राध्यापक जोजी कुसुयाका अनुसार मातृ मोटोपनाको वृद्धि, एक चिन्ताजनक बिषय बनिरहेको छ, जहाँ मधुमेहको जोखिम एक पुस्तादेखि अर्को पुस्तामा सर्दै जान्छ । उनी भन्छन् “यो चक्रलाई रोक्नु एक महत्वपूर्ण चिकित्सा समस्या हो ।”

रिसर्चमा गर्भावस्थाको समयमा आमाले गरेको व्यायामले सन्तानको स्वास्थ्यमा ठूलो फाइदा पुग्ने देखाएको छ । गर्भावस्थाको समयमा महिलामा प्लेसेन्टा–उत्पन्न हुन्छ, जसले एसओडि३ (सुपरअक्साइड डिसमुटेज) अर्थात यो सबै जिवित कोशिकाहरूमा पाइने इन्जाइम हो । यो इन्जाइमले मातृ व्यायामका फाइदाहरूलाई सन्तानमा हस्तान्तरण गर्न मुख्य भूमिका खेल्नेगर्छ । 

रिसर्चहरुले व्यायामको  प्रभावकारितालाई ध्यानमा राख्दै, आमाहरूलाई व्यायाम गर्न प्रोत्साहन गर्नाले मोटोपना र टाइप–२ मधुमेहको खतरा दरलाई उल्ट्याउन मद्दत गर्ने देखाएका छन् । एसओडि३ को गुणहरू मेटाबोलिज्ममा मात्र सीमित नहुन सक्छन्, कुसुयामाका रिसर्चहरु जोड दिन्छन् । 

अनुसन्धानकर्ताहरु भन्छन्, “हामी हाल एसओडि३ द्वारा प्लेसेन्टा टिस्युमा भएका परिवर्तन मात्र हेरिरहेका छौं।” रिसर्चहरुले यो अध्ययन प्रारम्भिक चरणमा मात्र भएको र थप कुराहरु बाँकी रिसर्चबाट पत्ता लाग्दै जाने बताउछन् ।एजेन्सीको सहयोगमा

Logo