गोकुलगंगा गाउँपालिकाको विकासको लागि सबैसँग समन्वय गरेर काम गर्ने छु: अध्यक्ष खड्का

गोकुलगंगा गाउँपालिकाको विकासको लागि सबैसँग समन्वय गरेर काम गर्ने छु: अध्यक्ष खड्का


रोमछाप जिल्ला गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि सबै पार्टी र बुद्धिजीवीहरूसँग समन्वय गरेर काम गर्ने बताएका छन्। 

बुधवार गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष खड्काले गाउँपालिकाको समग्र विकास र समृद्धिको लागि सबै पार्टी र बुद्धिजीवीहरूसँग समन्वय गरेर काम गर्ने बताएका हुन । उनले गाउँपालिकामा धेरै चुनौती रहेकाले ती चुनौतीको सामना गर्न जनताले अभिमत दिएर अवसर दिएकाले आफूले पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने,‘ पालिकाको विकासमा धेरै कुराहरू चुनौतीहरू छन्। गोकुलगंगा बासीले चुनौती सामना गर्न अभिमत दिएर ठुलो चुनौतीको साथै एउटा अवसर पनि दिँदै गाउँपालिकाको अध्यक्षमा निर्वाचित गर्नु भएको छ ।’ 

त्यस्तै अध्यक्ष खड्काले पालिकामा निर्वाचित जनप्रतिनिधि सख्यात्मक रूपमा नेपाली काङ्ग्रेसको अगाडि भए पनि नेकपा एमालेका जनप्रतिनिधिसँग पनि सल्लाह र समन्वय गरेर विकास निर्माणका काम गर्ने बताए । उनले आफ्नो सख्यात्मक रूपमा अगाडि छौ भन्दैमा पेल्नुपर्छ भन्ने उद्देश्य नबोकी सँग समन्वय गरेर पालिकाको विकास निर्माणको कामलाई अगाडि बढाउने बताए । 

सरकारी कर्मचारी र जनप्रतिनिधि दुवै जनताका सेवक भएकाले दुवै मिलेर जनताको काम गर्नु पर्ने अध्यक्ष खड्काको भनाई छ । उनले जनप्रतिनिधि जनतालाई दास बनाउनको लागि नभएर सेवक भएर काम आएको बताए । अध्यक्ष खड्काले गाउँपालिकाका कर्मचारीहरूलाई अत्यन्त जिम्मेवारी भएर फास्ट ट्राकमा काम गर्नु निर्देशन समेत दिए ।

Logo