होटल तथा बैंकको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न पोखरा महानगरले पनि सम्झौता गर्ने

होटल तथा बैंकको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न पोखरा महानगरले पनि सम्झौता गर्ने


होटल तथा बैंकको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न पोखरा महानगरले पनि सम्झौता गर्ने भएको छ । काठमाडौं महानगरजस्तै पोखरा महानगरले पनि महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, तथा विभिन्न संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न २ पक्षीय सम्झौता गर्ने भएको हो । 

बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले एक वर्षभित्र पोखराका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यससम्मका लागि संघसंस्था तथा होटलको शौचालय प्रयोग गर्ने गरी सम्झौता हुने निर्णय भएको प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।

महानगरले यस्तो योजना ल्याउन अगावै काठमाडौं महानगरको सिको गर्दै पोखराका विभिन्न होटल तथा रेस्टुरेन्टहरुले आफ्नो शौचालय सर्वसाधारणका लागि निशुक्ल्क खुला भएको घोषणा गरिसकेका छन् ।

त्यस्तै, महानगरको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरको ल्यान्डफिल साइट पोखरा ३३ मा सार्ने र आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।

Logo