२४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि

२४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ३ हजार २११ नमूना परीक्षण गर्दा १५ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

Logo