दाङको गढवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको घोषणा

दाङको गढवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको घोषणा


दाङको गढवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

सो पालिकालाई सोमबार जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले गढवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा गरेका हुन् । घोषणासँगै  गढवाका ८ वटै वडा कार्यालयलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र पनि हस्तान्तरण गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै  जिसस प्रमुख शर्माले बालबालिकाको मौलिक अधिकार भएकाले सबै पालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले खोपको दायराभन्दा बाहिर रहेका बालबालिकाको खोजी गर्न आग्रह गरे ।  ‘हामीले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्दै गर्दा कति खोप नै नलगाएको बालबालिका भेटिए भने राम्रो सन्देश जाँदैन । कोही पनि खोप लगाउनबाट छुट्नु भएन । यसमा सबैले ध्यान दिऔँ’, उनले भने ।’

गढवा गाउँपालिकाभित्र यो वर्ष जन्मिएदेखि १५ महिनाका ८ सय ९६ र १६ महिनादेखि २३ महिनासम्मका ७५० जना बालबालिकाले नियमित खोप लगाएको तथ्यांक छ। वार्षिक लक्ष्यअनुसार ८० प्रतिशत बालबालिकाले खोप लगाएको गढवा स्वास्थ्य चौकीका प्रमुख रुपनारायण चौधरीले जानकारी दिए । तर ग्रामीण भेगका बालबालिका अझै पनि  नियमित खोपको पहुँचमा आउन नसकेको उनले बताए।

 

Logo