३१ साउन २०७९ मंगलबार
1
1
1
1

हड्डी खिइने रोगबाट यसरी बच्न सकिन्छ

1
1
1
1
1

प्रत्येक वर्षको अक्टोबर २० तारिखलाई वल्र्ड अस्टियोपोरोसिस दिवसको रूपमा मनाईन्छ ।

अस्टियोपोरोसिस यस्तो किसिमको एउटा रोग हो जसले शरीरका हड्डीहरूलाई पातलो बनाउँछ । यसको कारण मेरुदण्ड, नाडी र तिघ्राका हड्डीहरू भाँचिने जस्ता समस्याहरू देखा पर्न थाल्छ । शरीरमा हार्मोनको गडबडी हुनाले यो समस्या देखिने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदन अनुसार मुटु रोगका बिरामीलाई पछि बढी समस्या देखिने रोग भनेकै अहिले अस्टियोपोरोसिस नै रहेको छ ।


पुरुषको तुलनामा महिलाहरूलाई बढी देखा पर्ने यो रोग महिलाहरूको मानोपोज (महिनावारी रोकिएपछि) देखा पर्ने सम्भावना बढी हुन्छ । कसै कसैमा शरीरको हार्मोनमा आएको परिवर्तनले पनि देखा पर्ने गर्छ । कसैलाई पोसिलो खानपानको कमीका कारणले पनि देखा पर्ने गर्छ ।
यो समस्या हुन नदिने उपाय भनेकै शरीरमा भिटामिन ‘डि’ को कमी हुन नदिनु नै हो । यदि शरीरमा भिटामिन डि को कमी भएन भने हामीले खाने गरेको खानेकुराबाट प्राप्त क्याल्सियमलाई यसले सोसेर हड्डीलाई कमजोर हुन दिँदैन ।


यो रोगबाट बच्ने उपाय भनेको उमेर ढल्कँदै गएपछि बेलाबेलामा शरीरको परीक्षण गरिरहनु नै हो । यो बाहेक दैनिक न्यूनतम पनि ३० मिनेट हिड्डुल गर्ने, बिहानको घाममा १५–२० मिनेट बस्ने, आधा घण्टा भन्दा बढी कसरत गर्ने, शरीरमा भिटामिन डि को कमी भएमा डाक्टरसँग परामर्श गर्ने गर्नुपर्छ ।
यो समस्या हुन नदिन कुनै पनि व्यक्तिले आफ्नो खानामा क्याल्सियम र प्रोटिन भएको खानेकुराको सेवनलाई बढाउनु पर्छ ।

दुग्ध पदार्थ र यसबाट बनेका खानेकुराहरूको सेवन गर्ने, टुसा उम्रिएको र मौसमी फलफूलको सेवनलाई बढाउन सकेमा यो रोग लाग्ने समस्या कम हुन्छ ।

स्वास्थ्य

प्रकाशित: १२ असार २०७९ १३:०४ आइतबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी