ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक स्वस्थ नारी पहल अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर


ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल आइएमई स्वास्थ्य नारी पहल अभियान अन्तर्गत लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजनागरेको छ । 

बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका-७ स्थित साँख स्वास्थ्य चौकी,सुर्खेतको विरेन्द्रनगर नगरपालिका-१६ स्थित सानीलेख स्वास्थ्यचौकी, बैतडीको पञ्चेश्वर गाँउपालिका–५ स्थित गिरेगाडा स्वास्थ्यचौकी, डोटीको पूर्वी चौकी गाँउपालिकास्थित सानागाँउ स्वास्थ्य चौकी, दार्चुलाको महाकालीनगरपालिका–७ स्थित धापस्वास्थ्यचौकीरदैलेखको नारायण नगरपालिका-५ स्थित त्रिवेणी स्वास्थ्यचौकीमा स्वास्थ्यशिविर आयोजना गरेको हो । बैंकद्वारा आयोजित स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञहरुले ७५७ जना महिलाहरुलाई स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराए ।  

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका-नगरपालिकाको समन्वयमाबैंकले यी स्वास्थ्यशिविरहरु आयोजना गरेको होे । शिविरमा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा निशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्तालागेका १ जना बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्थाभएका ६ जना बिरामी पहिचान गरिएका छन् । जसलाई स्वस्थ नारी पहलअभियानकार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । यसअघि बैंकले १५औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा सातवटा शिविर सञ्चालन गरेको थियो । बैंकले यो आर्थिक वर्षमा देशभर १४ वटा शिविर सञ्चालन गरेको छ जसबाट देशका ग्रामीण तथाअर्धशहरी क्षेत्रका १ हजार ६६० महिलाहरु लाभान्वित भएका छन् । प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित पहुँचन भएका दुर्गम स्थान हरूमा बैंक पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

Logo