1
0
Shares

उपत्यकामा १२ जनामा हैजा देखियो

1
1
1

काठमाडौं उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको आज सोमवारको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।  

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो ।

यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरू काठमाण्डौ महानगरपालिका २८ बागबजारमा बस्दै आएका थिए ।

स्वास्थ्य

प्रकाशित: १३ असार २०७९ १४:१५ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी