खानाको एलर्जी भएका मानिसलाई कोभिड-१९ संक्रमणको जोखिम न्यून: अध्ययन

खानाको एलर्जी भएका मानिसलाई कोभिड-१९ संक्रमणको जोखिम न्यून: अध्ययन


खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड-१९ निम्त्याउने सार्स-कोभ-२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।

जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार  स्वयं-रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ-२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख मानिस प्रभावित छन् । 

‘सामान्यतया जब तपाइँ जटिल रोग र संक्रमणले कसरी काम गर्दछ भनेर अध्ययन गर्नुहुन्छ, त्यहाँ जनसंख्याको केही हिस्सा कम संवेदनशील हुन्छन्’, नेशनल यहुदी स्वास्थ्यका अनुसन्धानकर्ता तथा प्रमुख अध्ययन लेखक म्याक्स सेबोल्ड भन्छन् । दम भएका मानिसलाई पनि  भाइरस समात्ने सम्भावना धेरै नहुने उक्त अध्ययनले देखाएको छ । यसअघि गरिएकाे अध्ययनले दम रोगीलाई कोभिडको जोखिम हुने देखाएकाे थियाे ।

एजेन्सी

 

Logo