वर्षायाममा के खाने, के नखाने ?

वर्षायाममा के खाने, के नखाने ?


वर्षायाम भन्ने बित्तिकै धेरै कुराहरु जोडिएर आउँछन् । चर्को घाम, चिटचिट पसिना, डिहाइड्रेसन, उकुसमुकुस, अल्छिपना, आलस्यता तथा शरीरमा हुने उर्जाका कमी । यी सबै गर्मीका लक्षणहरु हुन्, जसलाई हामीले अहिले भोगिरहेका छौं ।

तर, केही उपायहरु अपनायो भने हामी गर्मीमा पनि फुर्तिलो रहन सक्छौं । खानपिनमा थोरै ध्यान दिन सकियो भने हामीले आफूमा भएको आलस्यतालाई हटाउन सक्छौं, अल्छिपनालाई भगाउन सक्छौं । वर्षायाममा सकेसम्म ताजा खाना खानुपर्छ । गर्मीमा भरखरै पकाएको भोजनमात्रै खानुपर्छ । वर्षायाम मौसममा गोलभेंडा, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने सम्भावना हुन्छ । यो मौसममा सजिलै पच्ने खानेकुरा मात्र खानु पर्छ । गरिष्ट भोजनबाट सकेसम्म बच्नु पर्छ । बिहान उठेपछि एक(डेढ घन्टाभित्रै केही न केही खानुपर्छ । उठ्ने बित्तिकै ग्रीन टि लिनु उपयुक्त हुन्छ । लामो समयसम्म खाली पेट रहनाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुन्छ ।

त्यसैले छोटो समयको अन्तरालमा खाने कुरा खाएमा एकैपटक धेरै खाने बानीबाट छुटकारा पाउन सकिन्छ । त्यसैले बिहान उठेपछि मन तातो पानीमा कागतीको रस र मह मिसाएर खानु अझ उपयुक्त मानिन्छ । गर्मीमा चिया(कफीको सेवन कम गर्नुपर्छ । कफीनले शरीरमा डिहाइट्रेशन बढाउँछ । त्यसको साटो जुस, दही, लस्सी, सातु, कागती पानी, वेलको सर्वत, नरिवल पानी, उखुको रस, खर्बुजा आदि कुरामा जोड दिनु पर्छ ।

गर्मीमा घामबाट फर्किने बित्तिकै फ्रिजको पानी पिउनु हुँदैन । यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी पिउनु लाभदायक हुन्छ । मिठाई खान मन लाग्यो भने स्याउ, अमला, बेल, पेठा खानु राम्रो हुन्छ । अत्याधिक चिसो पेय पदार्थबाट आफूलाई टाढा राख्नु पर्छ । खानामा हल्का साग-सब्जी छनोट गर्नु पर्छ । गाजर, गोलभेंडा, पालक बाहेक पानीको मात्रा बढि भएका तरकारीहरु जस्तै लौका, काँक्रो आदि राम्रो मानिन्छ । यी सब्जीमा क्यालोरी कम हुनुका साथै गर्मीसंग लड्न क्षमता पनि हुन्छ ।

गर्मीमा हिट स्ट्रोक तथा डिहाइड्रेशनबाट बच्नका लागि बिहान सबेरै तथा साँझपख हिँडनु पर्छ । बिहान ५(६ बजेतिर मर्निङ वाक र बेलुकी डिनरपछि १५-२० मिनेटको हिंडाई पनि राम्रो हुन्छ । वर्षायाम मौसममा हरेक दिन कम से कम तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा फिजिकल एक्सरसाइज गर्नु भन्दा पहिले र गरिसकेपछि पनि पानी अथवा तरल पदार्थ सेवन गर्नुपर्छ । खानपिनमा सुप तथा फलफूलको मात्रा बढाउनु पर्छ । मसलदार खाना कम खानुपर्छ । एकसाथ तीन भन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन । डब्बामा भएको जुस सेवन गर्नु हुँदैन । त्यसको साटो ताजा फलफूलको जुसलाई सेवन गर्नु पर्छ ।

Logo