थप ४४ जनामा कोरोना पुष्टि, आधा बढी काठमाडौँमा

थप ४४ जनामा कोरोना पुष्टि, आधा बढी काठमाडौँमा


नेपालमा थप ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२ हजार ४६७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३३ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएका हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा २३ जना रहेका छन् । 
यही अवधिमा थप १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको  सङ्ख्या ३१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ हजार २३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। नेपालमा हालसम्म कोभिड १९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

Logo