हैजाबाट कसरी जोगिने ? यो कति जोखिमपूर्ण छ ? (भिडियोसहित)

हैजाबाट कसरी जोगिने ? यो कति जोखिमपूर्ण छ ? (भिडियोसहित)


काठमाडौंमा हैजाको त्रास बढेको छ । उपत्यकामा हैजा फैलन थालेपछि मानिसहरुमा एउटा त्रास उत्पन्न भएको छ । उसो भए हैजा के हो त ? हैजा एक प्रकारको सरुवा रोग हो । हैजा पानी वा खानेकुराको उपभोग गर्दा संक्रमण हुने गर्दछ । यो सरुवा रोग भएकाले छोटो समयमा तीब्र गतिमा फैलने गर्छ । समयमा पहिचान गरी उपचार गर्न नसके २० देखि २५ प्रतिशतसम्म संक्रमितको मृत्यु हुन सक्छ । तर, समयमा उपचार पाए यसको मृत्युदर एक प्रतिशतभन्दा कम गर्न सकिने डाक्टहरुको भनाई छ । कोरोनाको दोस्रो लहर शिथिल हुँदै जाँदा काठमाडौं र देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ । 

यो वर्ष नेपालमा हैजाका कारण मृत्यु भएको भन्ने आधिकारीक सूचना आएको छैन् । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग मातहत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म बिहीबार थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भइसकेको तथ्याङ्क छ । मन्त्रालयका अनुसार बुधबार मात्र उपत्यका बाहिर हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका थिए । भने बिहीबार  कागेश्वरी मनहरा नगरपालिकाका -६ का १२ वर्षीय बालक र काठमाडौं महानगरपालिका १३ का ५८ वर्षीय पुरुषमा हैजा पुष्टि भएको  छ ।

हामी जारको पानी भन्ने बितिक्केै सफा र स्वच्छ ठान्छौं डाक्टरका अनुसार जारको पानी समेत उमालेर खानुपर्ने हुन्छ ।  सो कारण सकेसम्म ताजा र सुरक्षित खानेकुरामा विशेष ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । हैजा घर बाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने भएकोले खानेकुरा राम्रोसँग पकाएको ताजा खानु डाक्टरको सुझाव छ । काठमाडौंमा हैजाको स्रोत सर्वसाधारण वा मानिसहरु बढी जाने वा काम गर्ने चमेना गृह रेस्टुरेन्ट वा कार्यालय तथा स्कूलहरुमा खानेकुरा खादा राम्रोसँग पखालेर खानु पर्छ । सकेसम्म उमालेको पानी खाने तथा सोडिस विधिको प्रयोग गरेर निर्मलिकरण गरेर मात्र पानीको प्रयोग गर्नु पर्छ । सार्वजनिक प्रयोजनका लागि राखिएका जारका पानी सुरक्षित भएको सुनिश्चित गर्नुपनि अति जरुरी हुन्छ ।

अहिलेसम्म हैजा देखिएकामध्ये २० जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले तीन जनाको उपचार चलिरहेको छ । हैजा लागेका बिरामीलाई  तत्काल अस्पताल पु¥याउन नसकेकोले वा उपचार नपाएकोले ठूलो मानवीय क्षति हुने गरेको उदाहरण छन् । गत वर्ष मात्र कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा पखाला र बान्ताको कारणले ८८५ जना बिरामी भएका थिए । सो मध्ये ४ जना बिरामीको मृत्यु भएको थियो । जस्मा तीन जना  १० वर्ष मुनिका बालबालिका थिए ।  

के हो हैजा ? 
सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा अर्थात कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुने एक प्रकारको सरुवा रोग हो । यो रोग हेर्दा झाडापखालाजस्तो देखिने  भएपनि समयमा उपचार हुन नसकेको खण्डमा यो रोगले गम्भीर रुप लिने चिकित्सकको भनाई छ । संक्रमणको असर देखिन थालेपछि तत्काल  रोगको पहिचान गरेर उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने डा. पुनको भनाइ छ । पानीका कारण सोझै मानिसभित्र प्रवेश गर्ने कोलेरा भिब्रिओ कोलरी उक्त जीवाणुको संक्रमण कोहि मानिसमा प्रवेश गरेको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । हैजाको संक्रमण पुष्टि भए तुरुन्त सम्बन्धित निकायमा खबर गरिहाल्नु पर्ने उनको सुझाव छ ।

फोहोरबाटै हैजा फैलने गर्दछ । काठमाण्डौंको सडकमा बेलाबखत हप्तौँसम्म पनि फोहोरको व्यावस्थापन गरिदैन । यसले गर्दा हैजा फैलाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेको हुन्छ । केही दिनअघिको परिक्षणमा काठमाडौको ९ स्थानमा हैजाको संक्रमण देखिएको थियो ।

हैजाको उपचार ?
यसको घरेलु उपचार बान्ता भइरहेको छैन भने जीवनजल, नुन, पानी, चिनीको समिश्रण हो । कडा हैजामा त बान्ता पनि हुने भएकाले त्यस्तो अवस्थामा बिरामीले पिउन नसक्ने भएको हुने गर्छ । डा पुनका अनुसार त्यस्तो व्यक्तिलाई तत्काल अस्पताल लानु पर्छ ।  त्यसपछि अरु अंगमा समस्या छ कि छैन त्यो पनि परीक्षण गरेपछि मात्र आवश्यकता अनुसार एन्टिबायोटिक पनि प्रयोग गरिने पुनको भनाई छ । हैजा भएका १० जना बिरामी मध्ये एक जनालाई कडा खालको देखिने गर्छ । कडा हैजालाई समयमै उपचार हुने नसके ५० प्रतिशत बिरामीको मुत्यु हुन सक्ने डा. पुनको भनाई छ । तारन्तार पखाला लाग्ने बान्ता हुने भएमा यो कडा हैजा हो । घरेलु उपचारले सम्भव नहुने भएकाले तत्काल अस्पताल जानु पर्छ । 

हैजाका बिरामीमा देखिने लक्षणहरु के-के हुन् 
थकान महसुस हुने, बेचैनि हुनु, मुटुको चाल तीब्र हुनु, रक्तचाप घट्नु, छाला सुक्खा हुनु, चामल माढेर निकालेको पानी जस्तो दिसा देखिनु, बान्ता हुनु, पेट वा खुट्टाको मांशपेशी बाउँडिनु, तिर्खा लाग्नु, छटपटाहट हुनु यसका मुख्य लक्षणहरु हुन । छाला तनकाउँदा पूर्ववत् अवस्थामा ढिलो फर्कनु आदि जस्ता समस्या वा अवस्थाहरु देखिने गर्दछ । समयमा उपचार नपाए मिर्गौला फेल हुने र अचेत अवस्थामा गएको केही घण्टामा बिरामीको मृत्यु समेत हुन सक्छ । हैजाका लक्षणहरु पनि अरु संक्रमणका कारणले हुने झाडापखाला जस्तै देखिने भएकोले प्रयोगशाला परीक्षणबाट यसको पहिचान गर्न सकिन्छ । 

कसरी फैलन्छ ? 
हैजा फैलन नदिन खानेकुरा ,खानेपानी र व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्छ । काँचो खानेकुरा खादा पनि हैजा फैलन मदत गर्छ ।  हैजा फैलनुको प्रमुख कारण पानीको स्रोत हो । हैजा भएको बिरामीको दिशा पानीमा मिसन गयो भने यसले बिकराल रुप दिन्छ । हैजा फैलनमा खानेपानीको भूमिका महत्वपूर्ण हुने गर्दछ । अझ पानीको स्रोतमा नै हैजाको जीवाणु मिसिएको भए एकैपटक धेरैजना बिरामी हुनसक्दछ । अर्काे कुरा फोहोर तथा काँचो खानेकुरा तरकारी, तथा फलपूmलबाट पनि हैजा फैलने गर्छ । बजारमा पाइने खाद्यान्हका   कारण पनि यो धेरै भन्दा धेरै मानिसमा फैलने गर्छ ।         

हाल मानिसहरु काठमाडौं र अन्य सहरबीच आवतजावत हुने क्रम बढ्दै गइरहेको छ । यसले गर्दा एक शहर गाउँमा देखिएको संक्रमण अर्को शहर गाउँमा सहजै पुग्ने सम्भावना छ । डाक्टर पुनका अनुसार संक्रमितको दिसामा १० दिनसम्म हैजाका किटाणुहरु निस्किरहेको हुन्छ । जसले गर्दा संक्रमित जहाँ जान्छ त्यहाँ हैजा फैलने जोखिम भइरहन्छ । सो कारण काठमाडौं बाहिरपनि हैजाको संक्रमण हुने खतरा उतिकै छ ।

विगतमा पनि विशेषगरी बाहिर खुल्ला ठाँउमा राखिएका खानेकुराहरुबाट हैजा फैलिएको पनि पाइएको डा. भनाई छ । उनका अनुसार केही वर्ष अगाडि जारका पानी प्रयोग गर्नेहरुमा हैजा फैलिएको पाइएको थियो । अवलोकन गर्दा सुरुमा धेरैले विश्वास गरेका थिएनन । तर, पछि विभिन्न प्रयोगशालाहरुमा परीक्षण गर्दा हैजाका जीवाणुहरु पुष्टि भएको थियो । व्यक्तिगत सरसफाइ खानेकुरा वा पानी वा दुवै संक्रमण विहिन भए पनि लक्षण विहिन संक्रमितले शौचालयबाट फर्कदा राम्रोसँग हात सफा नगरेको अवस्थामा खानेकुरा वा पानी संक्रमित हुन सक्नेछ र त्यसो भए सोको उपभोग गर्नेलाई संक्रमण हुनसक्दछ । शौच गरिसकेपछि राम्रोसँग साबुन पानीले हात धुन अति आवश्यक हुनेछ ।  

जारको पानी र खानेकुरा कसरी खाने ? 
हामी जारको पानी भन्ने बितिक्केै सफा र स्वच्छ ठान्छौं डाक्टरका अनुसार जारको पानी समेत उमालेर खानुपर्ने हुन्छ । यो वर्ष पनि विभिन्न स्थानको जारको पानीमा हैजाको संक्रमण देखिएको भन्ने समाचार आएका छन् । सो कारण सकेसम्म ताजा र सुरक्षित खानेकुरामा विशेष ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । हैजा घर बाहिरको खानपानबाट मात्र नभई आफ्नै घरको चुलोमा बनेको असुरक्षित खानेकुराबाट पनि सर्न सक्ने भएकोले खानेकुरा राम्रोसँग पकाएको ताजा खानु डाक्टरको सुझाव छ । काठमाडौंमा हैजाको स्रोत सर्वसाधारण वा मानिसहरु बढी जाने वा काम गर्ने चमेना गृह रेस्टुरेन्ट वा कार्यालय तथा स्कूलहरुमा खानेकुरा खादा राम्रोसँग पखालेर खानु पर्छ । सकेसम्म उमालेको पानी खाने तथा सोडिस विधिको प्रयोग गरेर निर्मलिकरण गरेर मात्र पानीको प्रयोग गर्नु पर्छ । सार्वजनिक प्रयोजनका लागि राखिएका जारका पानी सुरक्षित भएको सुनिश्चित गर्नुपनि अति जरुरी हुन्छ ।

काठमाडौं बाहिर संक्रमणको खतरा कति ? 
हाल मानिसहरु काठमाडौं र अन्य सहरबीच आवतजावत हुने क्रम बढ्दै गइरहेको छ । यसले गर्दा एक शहर गाउँमा देखिएको संक्रमण अर्को शहर गाउँमा सहजै पुग्ने सम्भावना छ । डाक्टर पुनका अनुसार संक्रमितको दिसामा १० दिनसम्म हैजाका किटाणुहरु निस्किरहेको हुन्छ । जसले गर्दा संक्रमित जहाँ जान्छ त्यहाँ हैजा फैलने जोखिम भइरहन्छ । सो कारण काठमाडौं बाहिरपनि हैजाको संक्रमण हुने खतरा उतिकै छ ।  हाल काठमाडौँमा हैजा फैलँदो अवस्थामा रहेकाले सबैजना सजक रहनु आवश्यक छ । हैजाको संक्रमण राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडामा समेत भेटिएको छ ।  

के काठमाडौंको फोहोरले हैजा फैलाउला ? 
फोहोरबाटै हैजा फैलने गर्दछ । काठमाण्डौंको सडकमा बेलाबखत हप्तौँसम्म पनि फोहोरको व्यावस्थापन गरिदैन । यसले गर्दा हैजा फैलाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेको हुन्छ । केही दिनअघिको परिक्षणमा काठमाडौको ९ स्थानमा हैजाको संक्रमण देखिएको थियो ।
  
खोप पनि हुन्छ ?
हैजाको खोप छ । विश्व स्वास्थ्य संगठनले तीन वटा खोपलाई मान्यता दिएको डा. पुनको भनाइ छ । 

भविष्यमा यसले कति जटिलता लिन्छ ? 
हैजा रोकथाम व्यक्तिमै भर पर्ने गर्छ । यसलाई भविष्यमा फैलन नदिन स्वयम चनाखो हुनुपर्ने हुनुपर्छ । डाक्टर पुनका अनुसार फैलिएको स्थानलाई तत्काल निगरानी नगरे यसको फैलावट तिब्र हुन्छ । यो ब्याक्टेरीया भएकाले खानेकुरा तथा अनुगमनलाई कडा गर्ने । हाल फैलीएको स्रोतलाई बन्द गर्नु पर्छ । यसो गरियो भने यसले जटिलता ल्याउँदैन् । समयमै सरकारी स्तरबाट बजार अनुगमनलाई कडाई तथा परिक्षण दर बढायो भने यसले जटिलता नलिने उनको भनाइ छ । पुनका अनुसार आफ्नो तर्फबाट पनि यसको खतरा निम्तन नदिन सजक रहनु पर्छ । 

हैजा लागेर निको भएका बिरामीहरुमा हालसम्ममा दिर्घकालिन असर देखिएको पाइदैन् । डाक्टर पुनका अनुसार हालसम्म दिर्घकालिन असर भएको भन्ने कुरा कहि कतैबाट आएको छैन । 

हैजाका कारण अन्य रोग लाग्ने कारण कस्तो ?
हैजाका कारण झाडापखालाका अन्य संक्रमण हुने गर्छन् । डा. पुनका अनुसार झाडापखालाका विभिन्न कारणहरु हुन्छन । हैजा बहु संक्रमणको आक्रमण हो । यसले इकोलाई, सिगोला लगायतका अन्य झाडापखालाका रोगहरु देखिने गर्छन् । यसको विभिन्न थरिको संक्रमण भएपनि रोक्ने तरिका एउटै छ । पुन भन्छन्, ‘ जब पानी पर्छ त्यो पानी ओभरफ्लो भएर जताततै बग्न थाल्छ । त्यसपछि कुनै न कुनै माध्यमबाट तपाई हाम्रो खानासम्म पुग्छ । त्यसपछि केही व्यक्तिमा संक्रमण हुन सुरु हुन्छ र त्यस्ता व्यक्तिको दिशा फेरि ढलमा मिसिन्छ र त्यो पुनः अरुसम्म पुग्छ र फैलिन्छ ।’ सो कारण गाउँ वा सहर कतै सुरक्षित छैन् ।  

यसले दिर्घकालिन असर गर्छ ?
हैजा लागेर निको भएका बिरामीहरुमा हालसम्ममा दिर्घकालिन असर देखिएको पाइदैन् । डाक्टर पुनका अनुसार हालसम्म दिर्घकालिन असर भएको भन्ने कुरा कहि कतैबाट आएको छैन । 

सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनसँगकाे कुराकानी 

         

 

Logo