यही अधिवेशनमा निलम्वित प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग अघि बढ्छ : उपसभामुख भुसाल

यही अधिवेशनमा निलम्वित प्रधानन्यायाधीशबिरुद्धको महाअभियोग अघि बढ्छ : उपसभामुख भुसाल


प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छिन् ।

उनले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।  प्रतिनिधि सभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने उपसभामुख भुसालको भनाइ छ ।

उनले उपसभामुख भुसालले संसदबाट प्राप्त सुझावका आधारमा निलम्वित प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको पनि बताइन् । जबराबिरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम शुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन् । 

Logo