एकैदिन थपिए ९१२ कोरोना संक्रमित

एकैदिन थपिए ९१२ कोरोना संक्रमित


पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

Logo