२३० केजीका अदनान सामी कसरी १३० केजी घटाउन सफल भए ? लिनुहोस् उनीसँग तौल घटाउने ५ टिप्स..

२३० केजीका अदनान सामी कसरी १३० केजी घटाउन सफल भए ? लिनुहोस् उनीसँग तौल घटाउने ५ टिप्स..


तौल घटाउनु सजिलो काम होइन । तर यदि मानिसमा दृढ इच्छा शक्ति छ भने त्यो त्यति गाह्रो काम पनि छैन । यसका लागि सबैभन्दा ठूलो उदाहरण हुन् चर्चित गायक अदनान सामी । 

केहि समय अघिसम्म अदनान सामीको नाम मुखमा आउँदा उनको विशाल शरीरको छवि दिमागमा आउँने गथ्र्यो । तर अहिले अवस्था पहिले जस्तो रहेन । उनले आफ्नो तौल घटाइसकेका छन् । अब अदनान मोटो रहेनन् । आज उनी पूर्ण रुपमा फिट र फाइन छन् । 

मिडियालाई दिएको एक अन्तर्वार्तामा अदनान भन्छन्, ‘मैले धेरै वर्षसम्म आफ्नो वजनसँग निकै संघर्ष गरे । एक समयमा मेरो वजन २३० किलो थियो । अहिले मैले १३० केजी घटाएको छु । यो सजिलो यात्रा थिएन । तर म चाहन्थे कि म कुनै पनि हालतमा आफ्नो तौल घटाएरै छाडछु । आज उनी जुन अवस्थामा छन् ।

त्यसको श्रेय उनी व्यायाम र स्वस्थ खाना र फिटनेसको बाटोमा हिडनुलाई दिन चाहन्छन् । 
हाल उनको शारीरिक परिवर्तनलाई देखेर सबै अचम्मित भएका छन् । उनको यो असम्भवप्राय कार्य देखेर पक्कै पनि ती मानिसहरूका लागि पाठ हो जसले सोच्छन् कि यस्तो हुन असम्भव छ । जबकि सत्य यो हो कि यस संसारमा असम्भव भन्ने केहि कुरा छैन । यसमा तपाईंको वजन पनि पर्छ । 

१. सरल कार्य जारी राख्नुहोस्

अदनानको तौल घटाउने यात्रा सजिलै थियो । किनभने उनले नियमित स्वास्थ्यसँग सम्बन्धित नियमहरू पालना गर्दै गए । यही कारणले गर्दा आज उनी यस्तो अवस्थामा छन् । जसका कारण आज सबैजना चकित परेका छन् । स–साना लाग्ने यस्ता असल कार्यले नै सधैं राम्रो नतिजा दिन सक्छ तर यी कुराहरुलाई सही तरिकाले गरियो भने भन्ने उनी सबैभन्दा उत्कृष्ट उदाहरण हुन ।

२. मोटोपनलाई बोझ नसोच्नुहोस, यसलाई सरल राख्नुहोस्

केही हल्ला थिए कि उनले तौल घटाउन केही फरक वा विशेष विधिहरू प्रयोग गरेका थिए । तर उनले यी हल्लाहरुलाई बेवास्ता गर्दै राम्रो डाइट र एक्सरसाइज गर्दै आफ्नो अतिरिक्त तौल घटाउन लागेको र यसले उनको तौल घटाउन मद्दत गरेको बताए ।
३. आफ्नो लागि र आफ्नो मनको कुरा सुन्दै गर्नुहोस्

मानिसहरु सुन्दर वा आकर्षक देखिने चाहनामा तौल घटाउन थाल्छन् ।  बिच समयमा अल्छी भएर छाड्छन् । अदनान सामी भन्छन्, ‘मैले यो गर्न आवश्यक भएकोले मात्र गरें । किनकी तौल मेरो जीवन र मृत्युको अघि आइसकेको थियो ।
४. आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्

अदनानका लागि तौल घटाउने यात्रा सुरु गर्नु जीवन र मृत्युको प्रश्नको जवाफ थियो । जुन उनको मोटोपनका कारण उनको अगाडि उभिएको थियो । तौल घटाउने शपथ लिनुअघि उनको तौल २३० केजी थियो । अदनानले आफू आफ्नो खानेकुराको बारेमा सचेत रहेको र आफ्नो स्वास्थ्यलाई हानि हुने कुनै पनि खानेकुरा नखाएको खुलासा गरेका छन् ।
५. तौल घटाउने योजना बनाउनुहोस्

कुनै पनि कुरा हासिल गर्न योजना चाहिन्छ । अदनानले पनि आफ्नो तौल घटाउन यस्तो योजना अनुसरण गरे । उनी भन्छन् ‘मैले एक दिनचर्यालाई पालना गरे जस अन्तर्गत मैले उच्च प्रोटिनयुक्त आहार खान सुरु गरें जस अन्तर्गत मैले न रोटी, न भात, न चिनी, न तेल केहि पनि खाईन । म आफ्नो थोरै तौल घटाउने आशाका साथ सो योजना अनुसरण गरेको थिए । तर मैले १३० केजि घटाए ।

Logo