५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोरोनाविरुद्धको खोप

५० जिल्लाका बालबालिकालाई भदौ ५ देखि कोरोनाविरुद्धको खोप


सरकारले ५० जिल्लाका बालबालिकालाई भदौ ५ गतेदेखि कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउने भएको छ । खोप अभियानको दोस्रो चरण अन्तर्गत ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर खोप लगाइने भएको हो ।

पहिलो मात्रा भदौ ११ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ को भोजपुर, धनकुटा,खोटाङ्ग, ओखलढुंगा, पांचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर मधेश प्रदेशको बारा, रौतहट र सर्लाही, बागमती प्रदेशको रामेछाप, दोलखा, धादिङ्ग, नुवाकोट,रसुवा,सिन्धुपापाल्चोक जिल्लाका बालबालिकालाई खोप लगाइने छ ।

त्यस्तै गण्डकी प्रदेशको  बागलुङ,गोरखा,लमजुङ्ग,मनाङ,मुस्ताङ,म्याग्दी,पर्वत,स्याङ्गजा,तनहुँ लुम्बिनी प्रदेशको         कपिलवस्तु,अर्घाखाँची,गुल्मी,पाल्पा,प्युठान,रोल्पा र रुकुम पूर्व कर्णाली प्रदेशको रुकुम              पश्चिम,सल्यान,रोल्पा,हुम्ला,जुम्ला,कालिकोट,मुगु,दैलेख,जाजरकोट र सुदुरपश्चिम प्रदेशको अछाम,डोटी,बझाङ,बाजुरा,बैतडी र दार्चुलामा खोप दिइने मन्त्रालयले जनाएको छ ।  

उनीहरुलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ । यो उमेर समुहका २७ जिल्लाका बालबालिकालाई असार ९ देखि १६ गते सम्म पहिलो र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा दिइएको थियो ।  

Logo