स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ


हुण्डी कारोबारमा प्रयोग गरिएको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले विराटनगरमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–१५, रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रुपैयाँसहित सशस्त्र प्रहरीको टोलीले मंगलबार पक्राउ गरेको हो । को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाँच र सोधपुछका क्रममा उनको साथमा रहेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । 

स्रोत नखुलेकाले उनले बोकेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग भएको प्रहरीको अनुमान छ । विराटनगरमा यसअघि पनि पटक पटक हुण्डीमा प्रयोग गरिएको ठूलो परिमाण रकम बरामद भइसकेको छ । प्रहरीका अनुसार साहलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।

Logo