नेपालमा आज १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना निको

नेपालमा आज १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९१ जना निको


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । आज १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५५ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख २७ हजार ७८९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ८३८ जनाको परीक्षण गरिएको छ। काठमाडौं उपत्यकामा आज ६० जनामा कोरोना संक्रमण भएको छ । 

Logo