चीनले नेपाललाई ९२ करोड बराबरको स्वास्थ्य सामग्री दिने

चीनले नेपाललाई ९२ करोड बराबरको स्वास्थ्य सामग्री दिने


चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँभन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सहयोग गर्ने घोषणा गरेका हुन् ।

उक्त छलफलमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्यका साथ अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।

Logo