अनाैठाे विश्व : भेटियाे आधा भाले र आधा पोथीको स्वरूप भएको दुई लिङ्गी चरा !

अनाैठाे विश्व : भेटियाे आधा भाले र आधा पोथीको स्वरूप भएको दुई लिङ्गी चरा !


अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ ।

उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छन् । पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहेका उनले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गरेका छन् ।

एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उनले बताएका छन् । चरा भेटिएपछिको आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताएका छन् ।

चराविद् हिलका अनुसार भाले कार्डिलन चराको रङ चम्किलो रातो हुन्छ । पोथीको रङ भने फिक्का खैरो हुने गर्छ । त्यो चराको फोटो खिच्न हिललाई सहज भने भएन । आफ्ना साथीहरूले फोनमा पठाएको फोटो हेरेपछि उनी चरा भएको स्थान वारेन काउन्टीमा पुगेका थिए । एक घण्टाको कुराइपछि अन्य कार्डिनल चराको हुलसँगै त्यो चरा पनि आयो । दुईवटा रुखमा एक्लै बसेपछि बल्ल फोटो खिच्न सहज भएको अनुभव उनले सुनाए।

उनले भेटेको चराको रङ भने आधा रातो र आधा फिक्का खैरो छ । उनले भनेका छन् , “सुरुमा त मलाई लाग्यो यो आफ्नो वंशाणु रङ गुमाएर पाण्डु भएको चरा हो । तर पछि त्यसो होइन रहेछ ।” त्यसको अध्ययन अनुसार वंशाणुगत रूपमै उभय वा दुई लिङ्गी भएको चरा रहेछ र त्यसको रङसँगै बायाँमा भाले अङ्ग र दायाँमा पोथी अङ्ग रहेको पाइएको छ ।

शुक्रकीटलाई डिम्बले निषेचन गर्ने क्रममा भ्रूण बन्छ । त्यो भ्रूण बन्ने क्रममा त्रुटि हुँदा एउटै शरीरमा दुई लिङ्गी भएको चरा बनेको वेस्टर्न इलनोई विश्वविद्यालयका प्राध्यापक तथा अध्येता ब्रायन पियर उल्लेख गरेका छन् ।गाेरखापत्रबाट

Logo