कर्णाली प्रदेशसभाको बैठक सुरु, सभामुख चयन गर्ने तयारी

कर्णाली प्रदेशसभाको बैठक सुरु, सभामुख चयन गर्ने तयारी


कर्णाली प्रदेशसभाको तेस्रो बैठक सुरु भएको छ ।

बैठकबाट सभामुख चयन हुनेछन् । सभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ । सत्ता गठवन्धनबाट नेकपा एमालेका नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेल उम्मेदवार रहेका छन् । सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो।

एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीका एक÷एक जना सांसदको समर्थन छ। कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। उम्मेदवार बनेका दुबै जना सुर्खेतका हुन्। पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन्।

Logo