सत्ता गठबन्धन भित्रैबाट राष्ट्रपति -पृथ्वीसुब्बा गुरुङ

सत्ता गठबन्धन भित्रैबाट राष्ट्रपति -पृथ्वीसुब्बा गुरुङ


सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् । 

उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमती सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे ।  

उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा काँग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए । 

Logo