अमेरिकी पेस्तोलसहित कीर्तिपुरमा तीन जना पक्राउ

अमेरिकी पेस्तोलसहित कीर्तिपुरमा तीन जना पक्राउ


नेपाल प्रहरीले कीर्तिपुरको चोभारबाट अमेरिकी पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-१४ का मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का छन्  । महानगरीय अपराध महाशाखासका अनुसार उनीहरूको साथबाट अमेरिकी  पेस्तोल र त्यसको पाँच राउन्ड गोली बरामद भएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार बा१७च ८३६४ नम्बरको महिन्द्रा गाडीबाट पेस्तोल र गोलीसहित उनीहरू पक्राउ परेका हुन् ।

पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा   प्रहरीको  पक्राउमा  परेका तीनै जनामाथि अनुसन्धान सुरु गरिएको महाशाखाले जनाएको छ।

Logo