नेपालको स्याटलाइटले खिचेको फोटो सार्वजनिक

नेपालको स्याटलाइटले खिचेको फोटो सार्वजनिक


मकवानपुर,

नेपालको पहिलो भू–उपग्रह (स्याटलाइट) नेपाली स्याट १ ले खिचेको आधा दर्जन फोटो मध्ये चार वटा फोटो सार्वजनिक भएको छ । असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्न शुरु गरेको भू–उपग्रहले खिचेको फोटोहरु संयुक्त राष्ट्र संघको बर्डस् ३ परियोजनाले वेवसाईट र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो।

नेपाल र श्रीलंकाको भू–उपग्रहले खिचेको फोटो सम्बन्धित निकायमा शुक्रबार ईमेलबाट पठाईएको नेपाली स्याट १ निर्माण गर्ने मध्येका एक नेपाली वैज्ञानिक हरिराम श्रेष्ठले बताए । उनका अनुसार सार्वजनिक गर्नु अघिल्लो दिनै नेपाली स्याट १ ले खिचेको फोटो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लाई पठाईएको थियो ।

‘भू–उपग्रहले पहिलो तस्बिर सूर्यको र अर्को तस्बिर जापानमाथि बादल लागेको खिचेको छ,’ उनले भने, ‘खिचिएको छ तस्बिर मध्ये तीन वटा सूर्यको र तीन वटा पृथ्वीको रहेको छ ।’ फोटो मिसनसँगै अन्य चार प्राविधिक परीक्षण भू–उपग्रहबाट भइरहेको बताउँदै उनले बर्डस् ३ र ४ परियोजनामा धेरै निकायले पालैपालो काम गर्ने भएकाले धेरै फोटो खिच्न नसकिएको बताए ।
नागरिकबाट

Logo