निःसन्तान अर्थात बच्चा पैदा नभएर जति दम्पती दुखी छन्, उत्तिनै दम्पती अनिश्चित गर्भको कारण तनावमा छन् । इच्छा नभएर पनि गर्भ रहन गएपछि दम्पतीहरु त्यसलाई राख्ने वा गर्भपतन गर्ने भन्ने कुरामा टाउको दुखाइरहेका हुन्छन् । "/>

अनिच्छित गर्भ रोक्ने हो ? यस्तो छ सुरक्षित काइदा

अनिच्छित गर्भ रोक्ने हो ? यस्तो छ सुरक्षित काइदा


निःसन्तान अर्थात बच्चा पैदा नभएर जति दम्पती दुखी छन्, उत्तिनै दम्पती अनिश्चित गर्भको कारण तनावमा छन् । इच्छा नभएर पनि गर्भ रहन गएपछि दम्पतीहरु त्यसलाई राख्ने वा गर्भपतन गर्ने भन्ने कुरामा टाउको दुखाइरहेका हुन्छन् । दम्पतीका लागि दुबै विकल्प खुला हुन्छ ।

तर अविवाहित जोडीका लागि पनि यो टाउको दुखाइकै विषय हो । विवाह नगरी गर्भ रहेमा त्यसले ठूलै संकट निम्त्याउँछ । त्यसैले यसको दीर्घकालिन समाधान खोजिरहेका हुन्छन् यी जोडीहरु । उनीहरुका लागि गर्भनिरोधक साधनको आवश्यक हुन्छ । त्यसको लागि सबैभन्दा भरपर्दो माध्याम हो, कपर टि ।

कपर टि लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन । तर, कपर टि लगाइसकेपछि यसले यौन जीवनमा असर त पर्दैन ? 

यौन सम्पर्कका क्रममा कपर टिमा लगाइएको तारले यौन सम्पर्कमा वाधा उत्पन्न गर्न सक्छ । खासमा चिकित्सकले यसलाई सिधा काट्नुपर्ने हुन्छ । यदि त्यसो भएन भने पार्टनरको लिंगमा असर गर्न सक्छ । यस्तो स्थिती एकदमै कम मात्रामा हुनसक्छ । यद्यपी त्यसो भएमा चिकित्सककहाँ सम्पर्क गर्न सकिन्छ ।

केहि महिला, जसले हर्मोनल आईयूडी लगाएको हुन्छ, यौन सम्पर्कको क्रममा उनीहरुको रगत आउन सक्छ । हरेक महिना मासिक श्रावका साथै थोरै रगत आउन सक्छ । कहिले कहि यौन सम्पर्कको बेला पनि रगत आउन सक्छ । यदि त्यस्तो अवस्थामा आएमा यौन जीवन प्रभावित हुनसक्छ । त्यसैले चिकित्सकको परामर्श लिनुपर्छ ।

हर्मोनल आईयूडी र नन हर्मोनल आइयूडी लगाउनाले यौन जीवनमा खास असर पदैन । यस किसिमको आईयूडी लगाएपछि अनप्लन्ड प्रग्नेन्सीको खतरा हुँदैन । यौनमा नयाँ नयाँ प्रयोग गर्न सकिनेछ । जब चक्की लिने वा कन्डम लगाउने चिन्ता हुँदैन भने सेक्स अधिक सहज हुन्छ ।

Logo