रौतहट
निर्वाचनका बेला बम विस्फोटनमा घाइते भइ उपचार खर्च तिर्न नसकेका आमा छोरालाई एकजना पूर्व सांसद जमानी बसेर अस्पतालबाट निकालेका छन् । "/>

बमले खुट्टो छिनेकी सरितालाई अस्पतालबाट निकाल्न पूर्वसांसद जमानी

बमले खुट्टो छिनेकी सरितालाई अस्पतालबाट निकाल्न पूर्वसांसद जमानी


रौतहट
निर्वाचनका बेला बम विस्फोटनमा घाइते भइ उपचार खर्च तिर्न नसकेका आमा छोरालाई एकजना पूर्व सांसद जमानी बसेर अस्पतालबाट निकालेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा भएको बम बिष्फोटमा घाइते आमाछोरालाई पूर्वसांसद रामकुमार भट्टराई जमानी बसेर आइतवार चितवनस्थित मेडिकल कलेजबाट निकालेका हुन् । घाइतेहरु सरिता राई र जैविक आइतवार दिउँसो चितवनबाट घर फर्किएका छन् । सरिताको एउटा खुट्टा काटीएको छ भने छोरा जैभिकको दुवै खुट्टामा गम्भीर चोट छ ।

उनीहरु दुवैजना अस्पताल बस्नु नपर्ने भएपछि एकसाता अघि नै डिस्चार्ज हुन अस्पतालले भनेको थियो । तर पैसा नहुँदा उनीहरु अस्पतालमै बस्न बाध्य थिए । सरिताको उपचार खर्च ६ लाख २५ हजार र छोरा जैभिकको उपचार खर्च ४ लाख २९ हजार लागेको छ । दुई महिना सम्म अस्पताल बस्दा खाना खाएको ५२ हजार दुई सय रुपैयाँ पूर्वसांसद भट्टराईले तिरिदिएका छन ।
अन्नपूर्णबाट

Logo