आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३/२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।
नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोनाले अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन ।
जर्मन प्रतिद्वन्द्वी फान्कफुर्टसँग क्याटलान क्लब समग्रमा ४/३ अन्तरले पराजित भयो । पहिलो लेगमा दुबै टोलीले १/१ गोलको बराबरी खेलेका थिए।
खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे।
बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन।
प्रतिक्रिया