सर्लाहीकाे सदरमुकाम मलगंवामा आज साँझदेखि कर्फ्यू

सर्लाहीकाे सदरमुकाम मलगंवामा आज साँझदेखि कर्फ्यू


सर्लाहीकाे सदरमुकाम मंलगवामा कर्फ्यू लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो । 

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । 

सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गरेपनि अवस्था नियन्त्रणमा नआए पछि कर्फ्यू लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए । यद्दपी जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ । 

Logo