ललितपुर
काठमाडौंसँग मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) आयोजनामा स्थानीयले अवरोध सिर्जना गरेका छन् । ललितपुर जिल्लाको खोकनामा स्थानीयले मुआब्जाको विषयलाई लिएर अवरोध सिर्जना गरेका हुन् । "/>

फास्ट ट्र्याक निर्माणमा खोकनावासीको अवरोध

फास्ट ट्र्याक निर्माणमा खोकनावासीको अवरोध


ललितपुर
काठमाडौंसँग मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्रयाक) आयोजनामा स्थानीयले अवरोध सिर्जना गरेका छन् । ललितपुर जिल्लाको खोकनामा स्थानीयले मुआब्जाको विषयलाई लिएर अवरोध सिर्जना गरेका हुन् । पुरातात्विक र ऐतिहासिक सम्पदा जगेर्ना गर्नु पर्ने, खेतीयोग्य जग्गाको उचित मुआब्जा पाउनु पर्ने लगायतका माग राख्दै शुरु देखि नै स्थानीयले फास्ट ट्रयाकको ट्रयाक सम्म खोल्ने काममा अवरोध गर्दै आएका छन् ।

स्थानीयले माग राख्दै दर्जनौं पटक ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रपतिको कार्यालय, क्षेत्रीय प्रशासक समक्ष धाइसकेका छन् । स्थानीयको अवरोधकै कारण फास्ट ट्रयाकको ललितपुरतर्फको डुकुछाप–बुङमती–खोकना खण्डको ८ किलोमिटर ट्रयाक खोल्ने काम अघि बढ्न सकेको छैन । आफ्नो माग सम्बोधन नभए सम्म फास्ट ट्रयाक निर्माणको काम अगाडि बढाउन नदिने पक्षमा स्थानीय देखिएका छन् । फास्ट ट्रयाक निर्माणका लागि नेपाली सेनाको एक टुकडीले सो ठाउँमा गत फागुन १८ गते क्याम्प समेत खडा गरेको छ । मेजरको नेतृत्वमा ललितपुर महानगरपालिक–२१ खोकनाको खुडोल फाँटमा सेनाले क्याम्प खडा गरेको हो ।

वडा कार्यालयमा २१ गते देखि ट्रयाक खोल्ने काम थाल्छौं भनेर क्याम्पमा २ वटा डोजर सहित सेना तयार भएर बसेपछि स्थानीयले माग पूरा गर्नु पर्ने सर्त अघि सारेर अवरोध सिर्जना गरेका हुन् । जनसरोकार समिति खोकनाका अध्यक्ष नेपाल डंगोलले भने– ‘हामीले हाम्रो पूरा नभए सम्म ट्रयाक खोल्न गर्न नदिने भनेर लागेका छौं, हाम्रो माग पूरा गरि दिनु पर्यो, हामी फास्ट ट्रयाकको विरोधी होइनौं।’ आफूहरूको माग पूरा नभई एक्कासी आएर सडक निर्माणको काम अघि बढाएपछि अवरोध गरेको उनले बताए ।

Logo