‘मंसिर ४ को निर्वाचन धाँधलीरहित हुन्छ, कुनै शंका छैन’- प्रमुख निर्वाचन आयुक्त थपलिया

‘मंसिर ४ को निर्वाचन धाँधलीरहित हुन्छ, कुनै शंका छैन’- प्रमुख निर्वाचन आयुक्त थपलिया


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूची प्रकाशित गरेको जसमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् । साथै आयोगले मतपत्र छपाईसमेत सुरु गरिसकेको छ । यसै सन्दर्भमा प्रस्तुत छ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग केन्द्रबिन्दुले गरेको कुराकानीको सम्पादित अंशः

निर्वाचनको तयारी कसरी भैरहेको छ ?

-निर्वाचन तयारीको दृष्टिकोणले हेर्दा अब हामीसँग ३८ दिन मात्र बाँकी छन् । यो अवधिमा निर्वाचनको मिति तय भएदेखि उम्मेद्वारी दर्ता नभएसँग एउटा चरण जसलाई हामी प्रारम्भिक सफलताको तयारीको चरण पनि भन्छौँ । जुन सफलतापूर्वक सम्पन्न भयो । अहिले २३ गते प्रत्यक्ष तर्फको उम्मेद्वारी पछि हामी दोस्रो अत्यन्त महत्वपूर्ण चरणमा प्रवेश गरेका छौं । यो विचमा सबै उम्मेद्वारहरुलाई अन्तिम उम्मेद्वारहरुको नामावाली प्रकाशन गरेर निर्वाचन चिन्ह दिने काम सम्पन्न भएको छ र अब हामी मतपत्र छपाई व्यापक रुपमा प्रचार प्रसार, मतदान गर्नुपर्छ भनेर आम धारणा जागृत गर्ने किसिमका कार्यक्रमहरु सहित जनस्तरमा हुनेगरी सबै सञ्चारमाध्यमबाट पनि त्यसलाई प्रचार गर्नेगरी अगाडि बढिराखेका छौँ । 

अहिलेको तयारीको चरण भनेको अहिले हामीलाई निर्वाचन सामाग्री जतिपनि छन् सबै सामाग्रीहरु निर्वाचन अधिकृतको कार्यालयमा मतदान स्थल तथा मतदान केन्द्रहरुमा उपलब्ध गराउने, कर्मचारीहरुको व्यवस्थापन गर्ने, स्रोत व्यवस्थापन गर्र्नमा बढी मात्रामा अब निर्वाचन सँगसँगै आचारसंहिता पनि चर्चामा आउने पनि गर्छ, निर्वाचन खर्च पनि धेरै हुने गर्छ । हामीले यसमा निगरानी गर्न थालेका छौँ । त्यसकारण कहीँ कतै कसैले प्रचलित निर्वाचन सम्बन्धित कानून र आचारसंहिता एवम् निर्वाचन खर्चको उल्लङ्गन गरेर काम गर्न नपाउनु र सबै दलहरुलाई समान अवसर उपलब्ध गराए निर्वाचनको उपयुक्त वातावरण तयार गर्ने र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन गर्नु सवै सरोकारवालाहरुसँग साझेदारी सहकार्य गर्ने लगायतका तयारीका काम हामी प्रारम्भ गरिरहेका छौँ । 

यहाँले जुन निर्वाचनको प्रचार प्रसारको कुरा गर्नुभएको छ यसमा यो मतदाता शिक्षा त्यति प्रभावकारी भएन विगतका निर्वाचनमा भन्ने छ । त्यसमा कतिपय अवस्थामा निर्वाचनमा सहभागी मतदाताको संख्या पनि त्यति उल्लेख्य मात्रा भएन । त्यति उत्साह देखिएन । अनि अर्को मत बदरको संख्याको मात्रा पनि त्यतिकै मात्रामा रह्यो भन्ने छ । यस पटकको निर्वाचनमा यो विषयमा के छ ? 

-३ वटा अत्यन्तै राम्रो कुरा उठाउनुभयो । वास्तवमा नेपालमा निर्वाचनको प्रश्न अलिकति गम्भिरतापूर्वक विश्लेषण गर्नुपर्ने विषय छ । मैले निर्वाचन आयोगमा बसेर भनेको होइन । वाहिरका मित्रहरुलाई यसपालि राम्ररी हेरिदिनुहोस् भन्ने आग्रह पनि छ । प्रत्येक निर्वाचनमा हामीले ७० देखि ७५ प्रतिशत मतदान हुन्छ भनेर भनेका छौँ । संख्यामा नराम्रो होइन ।  यो भन्दा पनि एथार्थमा फरक के हो भने हामीकहाँ यो निर्वाचनमा १ करोड ७९ लाखको हाराहारीमा मतदाता हुनुहुन्छ । तिमध्ये जसको मतदाता नामावलीमा नाम छ अधिकांश ४० देखि ४५ को हाराहारीमा भारत, दक्षिण एसिया लगायत यूरोप र अमेरिकाका देशहरुमा उहाँहरु हुनुहुन्छ । 

पहिलो कुरा उहाँहरुलाई हामीले जहाँ हुनुहुन्छ त्यहीबाट मतदान गर्ने वातावरण अहिलेसम्म बनाएका छैनौं । यद्यपी यो प्रकृयामा छौं । त्यो संख्या घटाउँदा हामीसित अब झण्डै १ करोड ३५ दाख मतदाता हुनुहुन्छ अबको निर्वाचनमा प्रत्यक्षतर्फ भाग लिने भनेको  । १ करोड ३५ दाख मतदातामध्ये यो निर्वाचनमा १ करोड ३२ लाखले मतदान गर्नेछन् ।भन्ने हाम्रो विस्वास छ । त्यसकारण मतदाताको सहगाभिता नभएको भन्ने होइन । हो के भने बाहिर रहेका मतदाताहरु उहीँबाट मतदान गर्न नपाएको तथा नेपाल आउँन उहाँहरुलाई असहज भएको हुन सक्छ । एथार्थमा यो नेपालभित्र जतिपनि हुनुहुन्छ मतदाताहरु उहाँहरुले ९५ प्रतिशतभन्दा बढीले मतदानमा सहभागिता जनाउनुहुन्छ । यो एउटा असल पक्ष भयो यसलाई यसरी विश्लेषण गर्नुपर्छ नम्बर १ मा । 

दोस्रोमा अब मतदातामा भाग लिएर मात्र भएन । तपाई मतदान गर्न जानुभयो तपाईको मत विग्रियो भने हेर्नुहोस् त कहाँदेखि कति गरेर त्यो दिन मतदान गर्न गएको व्यक्तिको मत बदल हुनु भनेको दूर्भाग्य हो  । यो तपाईको प्रश्नसँग सम्बन्धित विषय छ । यसपालि यसमा हामी अलिकति बढिनै सचेत छौँ र  त्यसकारण हामीले यसलाई स्थानीय तहबाटै व्यवस्थापन गर्ने गरी प्रकृया अगाडी बढाएका छौँ । अघिल्ला निर्वाचनहरुमा स्थानीय तहहरु त्यति सक्रिय भएका थिएनन् । अहिले स्थानीय सरकार स्रोत जनशक्ति र इच्छाशक्तिका हिसाबले केही गरौ भन्ने भावनाका साथ क्रियाशिल छन् । हामीले ६ हजार ७४३ वटै वडामा आवश्यक सामाग्रीहरु उपलब्ध गराएर त्यहाँका सामाजिक परिचालन मार्फत त्यहाँका स्थानिय संघसंस्था, नागरिक समाजलाई परिचालन गरेर मतदान गर्ने तरिका बारे सिकाउने भनेर भनेको छौं  । डकुमेन्ट हामी उपलब्ध गराइदिन्छौं । काम उहाँले गर्नुहुन्छ । हामीले ७५३ वटै स्थानीय तहमा समितिहरु बनाएका छौँ । उसले आफ्नै स्थानीय तहभित्र मतदाता शिक्षाका एक्टिभिटीहरु भए की भएनन् र हरेक स्थानीय तहमा यो नमूना मतदान अहिलेका मतपत्र कस्तो छ र कसरी मतदान गनुपर्छ भन्ने प्राक्टिकल्लि अभ्यास प्रारम्भ गरेका छौं । त्यो अब छिट्टै हुन्छ । 

त्यसपछि स्वभाविक रुपले अहिले प्रचार प्रसारको ट्रेन फरक भएको छ । हामीकहाँ आम सञ्चार माध्यमहरु रेडियो, टेलिभिजन अनलाइन लगायतमा माध्यमहरु पत्रपत्रिकाहरु राष्ट्रिय स्तरका पत्रपत्रिकाहरु त्यसपछि अहिले पछिल्लो समय सामाजिक सञ्जाल पनि त्यतिकै क्रियाशिल छ त्यसकारण हामी सबै सञ्चारमाध्यम मार्फत पनि हामी विभिन्न कार्य अगाडि बढाउँछौं । र त्योभन्दा महत्वपूर्ण अर्को विषय हामीले विभिन्न सामाग्रीहरु जतिपनि जम्मा गर्छौ ति सबै सामाजिक सञ्जालबाट प्रचार गर्न सकिन्छ । 

अहिले हरेक नागरिकको हातहातमा मोबाइल छ । मलाई लाग्छ इन्टरनेटको सेवा पनि सबैतिर पुगेको छ । फेसबुक ट्विटर लगायतका सामाजिक सञ्जाल जीवनको अभिन्न अंग जस्तो भैरहेको छ । किनकी सामाजिक सजालबाट हुने असामाजिक कामहरुलाई नियन्त्रण गर्ने कुरा आफ्नै  ठाउँमा  छ । त्यो पनि हामी गर्छौ तर सामाजिक सञ्जालमार्फत व्यापक रुपमा प्रचार प्रसार गर्न सकिन्छ । त्यसकारण हामी यी विधि प्रविधि प्रयोग गरेर कुनै पनि मतदाता जुन शाखामा आएर मत विग्रिनु भनेको अत्यन्त नराम्रो पक्ष हो । त्यसकारण आएको लक्ष भोलीको नतिजाले भन्ला मैलै अहिले त भन्न सक्दिँन । तर यो पल्ट मतपत्र बदर १ प्रतिशत पनि हुँदैन । त्यो भन्दा कम मै सिमित हुन्छ । बनाउन त शून्य नै पर्ने हो तर भन्दाखेरी एउटा मतपत्र पनि बदर नहुने बातावरण सिर्जना गर्छौ भन्नुपर्यो । तर भनिने गरिने र सकिने कुराहरु फरक हुन्छन् । हामीले जति सकिन्छ त्यति भन्ने हो । यो भन्दा अगाडि यो भन्दा बढी नै भएको छ र त्यसकारण हामीले यसलाई न्युन गर्छौ र मतपत्र कमभन्दा कम बदर गर्छौ‌  । त्यसको लागि हामीले मतपत्रको डिजाइन नै त्यसरी गरेका छौँ । मतदान गर्ने स्थललाई पनि त्यसैगरी डिजाइन गरेका छौँ । 

यसमा राजनीतिक दलहरुको भूमिका के देख्नुहुन्छ ? 

-राजनीतिक दलहरुको पनि २ वटा कुरा यसमा हेरौँ । नेपाली मतदाताहरुलाई आफ्नो घरबाट मतदान केन्द्रसम्म ल्याउँनको निम्ति समस्या छैन । उहाहरु आउनुहुन्छ । मतदान स्थलहरु, मतदान केन्द्रहरु मतदाताको पँहुच पर्ने ठाउँमा निर्माण गरेका छौँ । यसपालि त्यस्ता प्रश्न आउँदैनन् । टाढा भयो भन्ने खालका प्रश्न आउँदैनन् । हामी त्यसमा ढुक्क छौँ । जहाँ जहाँ त्यस्ता समस्या आएका छन् हामी त्यसमा सम्बोधन गरिसक्यौँ । अब राजनीतिक दलहरुले मलाई भोट हाल्नुस् उम्मेद्वारलाई भन्नुलाई हामी अन्यथा भन्दैनौं । आफ्नो सिद्धान्त विचार चिन्ह प्रचार प्रसार गर्नु साथ साथमा वहाहरुले मतदान गर्ने तरिका पनि सिकाइदिनुपर्छ । 

मतदान गर्दा तपाईले यसरी यो यो कुरा लिएर मतदान केन्द्रमा जानुस् , आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर  जानुस्  पुगेपछि तपाईले यसरी मतदान गर्नुहोस् भनेर सिकाउनुपर्छ । एउटा पतपत्रमा भोट हालिसकेपछि तपाईले फेरी अर्को मतपत्र पाउनुहुन्छ त्यसमा पनि भोट हाल्नुहोस् । यसरी ४ वटा मतपत्र र ४ वटा मतपेटिका अनि जुन जुन समानुपातिक निर्वाचनतर्फ जुन जुन दलहरुले सहभागिता जनाउनु भएको छ ति  दलहरुको चिन्ह, एउटा मतपेटिका एउटा ठाउँमा मात्र मतदान गर्नुपर्ने प्रत्यक्षतर्फको पनि कतिजना उम्मेद्वार हुनुहुन्छ त्यति नै चिन्ह हुन्छन् र त्यही चिन्हमा एक ठाउँमा स्वस्तिक छाप हान्दिने । यति कुराहरु उहाँहरुले हामीले भन्ने, तपाईले भन्ने, सञ्चार माध्यमहरुले भन्ने र राजनीतिक दल र उम्मेद्वारीले भन्दैमा उहाँले मेरोमा छाप हाल्ने भन्नुहोला बाँकी त एउटै होनी तरिका त । त्यसमा कसकोमा हाल्ने त्यो जनताको अभिमतको कुरा हो । मतदानलाई कुनै पनि किसिमका खर्चिलो, भड्किलो र आचारसंहिता विपरितको क्रियाकलापबाट निर्देषित नगर्न र त्यता उद्धत नहुन म आग्रह गर्छु ।    

निर्वाचनमा मतदाता माथि नै प्रभाव पार्ने गरी हुने आर्थिक चलखेलप्रति निर्वाचन आयोगले आचार सहिष्णुता लागुको प्रक्रिया कसरी गरिरहेको छ ? 

-यसका दुई पाटा छन् । केन्द्रबिन्दु डटकम जसले सधैं निष्टा सिद्धान्तको वकालत गरी हिँडिरहनुभएको छ । तपाईहरुसँग आएर कुरा गर्दा मलाई पनि खुशी लाग्छ । 

वास्तबमा हाम्रा मतदाता, हाम्रा राजनीतिक दलका कार्यकर्ताहरुलाई यस्तो कुरा भन्दिनु भनेको अत्यन्त गम्भिर विषय हो । कुनै पनि राजनीतिक दलको नेता वा उम्मेदवारले मेरो कार्यकर्ताले पैसाको चलखेल गर्दा नगर्दा भोट नै हाल्दैनन्, मेरो कार्यकर्ता पैसा नदिए पार्टीको प्रचारप्रसार गर्न जाँदै जाँदैन, मेरो मतदाता जो मेरो भगवान हुन् मेरो मतदाता पैसा नदिई भोट नै हाल्दैनन् । यस्तो पनि अभिव्यक्ति दिन हुन्छ र ? त्यस्तो पनि ठाँउ हुन्छ र ? त्यस्तो पनि अवस्था हुन्छ र ? हामीले निष्ठालाई भुल्ने र भुलाउने प्रयत्न गर्यो । त्यसकारण म पहिहले अके आग्रह गर्छु भने ‘नेपाली जनताहरु सदियौंदेखि लोकतन्त्रको निम्ती आफ्नो जिवन उत्सर्ग गर्नेहरुका सन्तान हुन् । तपाईको पैसा र तपाईको पदबाट प्रभावित हुदैनन्, कुनै पनि हालतमा जनताको अभिमतलाई किन्ने दुष्साहस नगर्नुहोस ।’ 

कुनै पनि दलमा आवद्ध भएको सदस्यता लिएको राजनितिक दलसँग सम्बन्धित ऐन अनुसार एउटा दलको सदस्य भएको मान्छेले त्यो दलको पक्षमा काम गर्दा, त्यो दलको पक्षमा वकालत गर्दा दलका कुनै नेताले यति पौस दिन्छ भनेर चाहना राख्दैन् । त्यो उहाँहरुप्रति गरिएको अपमान हो, अन्याय हो । त्यसकारण दोष उम्मेदवारको हुन सक्छ, दोष नेताहरुमा हुन सक्छ । तर जनतामा नागरिकमा कार्यकर्तामा कुनै दोष हुँदैन् । उहाँहरु निष्ठावान हुनुहुन्छ । मेरो आग्रह १. उहाँहरुको आत्म सम्मानलाई ठेस पुग्ने पुर्याउने काम कहि कतैबाट पुर्याउने काम नहोस २. हामीले स्थानियस्तरमा हेर्नका निम्ती ३ वटा संरचना क्रियाशिल गरेका छौं ।

एउटाः कुनै पनि राजनितिक दलले आचार सहिष्तुता विपरित वा निर्वाचन खर्चको विपरित उसले गाउँमा चोकमा वा स्थानियस्तरमा हुने खर्चलाई आफ्नो कार्यक्षेत्रभित्र सबै प्रहरीका इकाईहरुले र राष्ट्रिय अनुसन्धान विभागले सुक्ष्म ढङ्गले अवलोकन गर्ने, अनुसन्धान गर्ने, हेर्ने बुझ्ने र कहि कसैलाई नभनि गोप्य रुपमा रुपमा रिपोर्ट तयार गर्ने आयोगलाई उपलब्ध गराइदिने भनेका छौं । 

दोस्रोः जहाँ हामीलाई शंका लाग्दछ त्यँहाका कुनै पनि संरचनालाई यो कामलाई हामीले प्रयोग गर्न सक्दछौं । सोहि भएर हामीले सुक्ष्म अध्ययन गछौं । सुक्ष्म अध्ययन पनि कसले गरिरहेको छ भनि आयोगमा पनि ५ जना बाहेक कसैलाई थाहा हुँदैन । हामीले त्यति गोप्य रुपमा स्राेत  उपलब्ध गराएर विवरणहरु लिन्छौं । 

तेस्रोः जिल्ला स्तरमा हाम्रो ठुलो संरचना छ, खर्चको अनुगमन हेर्ने र आचारसहिष्तुता अनुगमन हेर्ने मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका मित्रहरु र सम्पूर्ण समय खत्नका लागि हामीले कोस तथा नियन्त्रक कार्यलयका प्रमुख ज्युलाई अनुगमन अधिकृत भनेर तोकेका छौं । ती तल क्रयसिल हुने संरचनाबाट सुचना पाउँछौं । यी सबै सुचना आयोगमा गोप्य तरिकाले राखिएको हुन्छ । यति बुझ्नुस आयोगले जुनसुकै माध्यमबाट सुचना लिन सक्छ । त्यो प्राप्त सुचना कत्ति सत्यतथ्य हो भनि हामी जाँच गछौं । 

हामीलाई संबिधानले विश्वास गरेको छ । त्यो विश्वासमा हामी किन्चित पनि तलमाथि हुन नदिई हामी निर्णय गर्दछौं । हामीले यसरी सुचना संकलन गरिरहेका हुन्छौं । प्रत्येक उम्मेदवार र राजनितिक दलका क्रियाकलापको पछाडी तपाई जति जना मान्छे लिएर हिँडिरहनुभएको छ । तपाईँकै मान्छेले तपाईँले गरेको कामको सुचना हामीलाई दिने गरी हामीले तयारी गरिरहेका छौं । हामीले यसरी नियन्त्रण र सन्तुलनको सिद्धान्त अवलम्बन गरेर हामीले सबै सुचनाहरु लिने गरी सबै कुराको व्यबस्थापन गरेका छौं । केन्द्रमा हुने अनुगमन त यसै पनि छन् । त्यसलाई पनि हामी क्रियासिल बनाउँछौं । 
   
यहाँहरुले जुन खर्चको सिमा तोक्नु भएको छ, त्यो भन्दा बढि खर्चगर्ने उम्मेद्वारलाई के कस्तो कारबाही हुन्छ ? यो सँगसँगै उम्मेद्वारहरु कतिपयको त आफ्नो स्रोत होला, कतिपय दोस्रो वा तेस्रो स्रोतबाट पनि निर्वाचन खर्च चलाईरहेको स्थिती छ । यसकाे पनि अनुगमनको पाटोको व्यवस्था के छ ? 

-पहिलो कुरो हामीले निर्वाचन खर्च सिमा निश्चित फर्मुलामा आधारित भएर, त्यहाँको मतदाता संख्या, उसले  घुम्नु पर्ने क्षेत्रफल र त्यहाँ भएका मतदान केन्द्रहरुको व्यवस्थापन खर्चको दृष्टिकोणबाट विशलेष्ण गर्यौ । र यो गर्नको निम्ति हामीलाई अर्थमन्त्रालयका विज्ञ महेश भटराई जीको टोलिले गरेको स्टडिले हाम्रो आएको टोलीले अध्ययन् गर्यो । मलाई लाग्दछ, अहिले सबैतिरबाट आयोग अलि फरक ढंगले विश्लेष्ण गरौ भन्ने नै आएको छ । हामीले त्यो तोक्याै‌ँ । तोकीसकेपछि अब त्यो खर्च सबै गर्नपर्छ भन्ने छैन । हामी चाहान्छौं आफ्नो निती, सिद्धान्त, इमान आफ्नो निष्ठाले निर्वाचन जित्नुस् । निर्वाचन जित्नको निम्ति कुनै खर्च चाहिदैँन । हामीले थ्यो भनिरहेका छौ, तैपनी यदि कुनै किसिमको खर्च भएको भने हामी अनुगमन गछौं ।कहाँबाट खर्च आउँछ ? हरेक उम्मेद्वारले उम्मेद्वारी पेश गर्दा नै हामीलाई एउटा विवरण पेश गरिसक्नु भएको छ । म यो निर्वाचनमा यपत खर्च गर्छु । यसको लागि म यो स्रोत प्रयोग गर्छु भनेर । स्रोतको सन्दर्भमा राजनितीक दल सम्बन्धि ऐनले विभिन्न व्यक्तिहरुले इच्छाले आर्थिक सहयोग गर्न सक्नुहुन्छ भन्ने व्यवस्था छ । 

हामीले हिजो मात्रै प्राइभेट सेक्टरका प्रतिनिधीहरुसँग अनुरोध के गरेका छौं भने तपाईहरुले दिने आर्थिक सहयोग पारदर्शी ढंगबाट दिनुस् । चेकको माध्यमबाट दिनुस भनेर भनेका छाैँ र हरेक उम्मेद्वारले खर्च गर्दा ब्यानिकङ प्रणालीमार्फत गर्नुपर्छ । खाता खोल्नुपर्छ । ब्याङकमा पैसा पेश गर्नपर्छ । कहाँ के मा खर्च भयो ? यो पनि पेश गर्न पर्छ । यी विधीहरु राम्ररी प्रयोग गर्यौ भने सकिन्छ । तर हामी सुन्छौ जति सुरक्षा बलियो बनायो । चोरले त्यो भन्दा अर्को तरिका खोज्छ भन्ने सुन्थ्यौं । तर हामी इमान्दर छौं । यहाँ कुनै चोर पक्रिने खेल होइन यो । यो त मुलुक बनाउनेहरुको प्रयास हो नी । यो त लोकतन्त्रलाई बलियो कनाउने प्रयत्न हो नी । त्यसकारण हामी जनताको आत्मसम्पर्णको विश्वास गर्छौं । सार्वभौमसत्ताको कदर होस् भन्ने चाहान्छौं । लोकतन्त्रलाई बलियो बनाउन चाहान्छौं । अहिलेको संविधान जसले जनताको प्रतिस्प्रर्धात्मक लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गर्ने भन्ने कुरा छ । यसलाई बोध बनाउन चाहान्छौ भने यी तपाईले भने जस्तो गलत क्रियाकलापले  बलियो हुन्छ र भनेको ? हुँदैन । त्यसकारण हामी पात्रहरु असल भयौं भने मलाई लाग्छ कुनै पनि किसिमको समस्या हुँदैन । फेरि मैले भनिहाले कहिँ कतै झुटपुट गर्न सकिन्छ भनेर कहिँ कतै सोचाइ छ भने त्यसलाई हामी आवश्यक निगरानी राख्छौँ । 

अब यो सुशासन कमजोरी हुनुको पछाडि पनि निर्वाचन खर्चको कुरा जोडिन्छ । यो विषयलाई अलि बढी मितव्ययी बनाउन, पारदर्शी बनाउन राजनीतिक दलका निर्वाचन आयोग छ, यसको भूमिका चाहीँ के हो ? 

-वास्तवमा निर्वाचन सुशासनसँग जोडिएको छ । इलेक्स्सन इन्ट्रिग्रिटिले शासनको शुसासन बनाउन सहयोग गर्दछ भन्ने विषय स्विकार गरिसकेको विषय हो । इन्ट्रिग्रिटिभित्र वास्तवमा खर्च मात्र पर्दैन धेरै कुराहरु पर्छन् । त्यहाँतिर नजाऔं । हामी निर्वाचनको समग्र इन्टिग्रिटी पक्षमा छौँ । यसको निम्ति यहाँले भनेजस्तो । राजनितिक दलहरुले गर्ने प्रयत्न त्यहाँबाट गरिदिनुपर्यो । अझ त्यो भन्दा बढि निर्वाचन राम्रो भएन भड्किलो भयो भने त्यसले पार्ने असर के छ त्यो बुज्न जरुरी छ । 

त्यसैले मतदातालाई के भन्न चाहान्छु भने तपाईले निर्वाचनमा अत्यन्त सानो कुरामा लतपतिनु भयो भने मलाई विश्वास छ तपाई लतपतिनुहुन्न, मलाई विश्वास छ तपाई लामो हात गर्नुहुन्न तर गर्नुभयो भने त्यसको असर तपाईका बच्चाहरुलाई पर्छ । तपाईले छ वर्ष भोग्नुपर्छ । त्यसकारण यो निर्वाचनको असली अनुगमन कर्ता त नागरिक समाज हो, हरेक मतदाता हो । त्यसकारण तपाईले हरेक ठाउँमा सूचना दिनुहोस् । हामी काम गर्न इच्छुक छौँ । तयार छौँ । 

यो आशंकाको विषय सँधै सरकारको प्रभावमा पर्छ निर्वाचन आयोग । त्यसले गर्दा निर्वाचन धाँधली रहेको हुँदैन भन्ने कुराको आशंका व्यक्त गरिन्छ । यो विषयमा निर्वाचन आयोग के कस्तो छ ?

-निर्वाचन आयोग सहायता स्वतन्त्र निकाय हो । सक्षम पनि छ । तर आयोगले निर्वाचन कसरी गर्छ भन्दा हामी झन्डै ३ लाख कर्मचारीहरु परिचालन गर्छौं । एउटा कर्मचारी जो मतदान केन्द्रमा हुन्छ । मतदान केन्द्रमा हुने कर्मचारी मान्छे इन्डेन्टिफिकेसन गर्ने भनौँ न – यो मान्छे को हो भनेर आइडेन्टिफिकेसन गरेर एउटा स्वयम् सेवक पनि हाम्रो तर्फबाट काम गर्छ । कहिँ कतै एक ठाउँमा त्यो आइदियो भने पनि त्यसले त निर्वाचनलाई असर गर्छ । त्यसकारण यी सबै संयन्त्रहरु कर्मचारी कार्यपालिका अन्तर्गत नै हुन्छन् । सुरक्षा सम्बन्धि संयन्त्रहरु कार्यपालिका अन्तर्गत नै हुन्छन् । रिसोर्स कार्यपालिकासँग हुन्छ । कार्यपालिकाको माताहत सरकारले गर्छ । त्यसकारण यो दृष्टिकोणबाट हेर्नु हो भने यस्ता प्रश्नहरु उठ्नु स्वभाविक हो । तर हामी त्यतिवेला कसको के जिम्मेवारी लिएर गर्छौ भन्ने हो । हामीले के ठान्नुपर्यो भने निर्वाचनको परिचयपत्र पाइसकेपछि म सम्पूर्ण रुपले स्वतन्त्र छु र मेरो काम स्वच्छ स्वतन्त्र निस्पक्ष रुपले निर्वाचन गर्ने हो त्यो बाहेक दाँया बाँया म केही पनि नजान्ने भावनाका साथ सबैले काम गरे यो प्रश्न उठ्दैन । 

हाम्रो आयोगको तर्फबाट हामी के प्रतिबद्ध छौं भने हामी हिजो पनि आयोगले कहिँ अन्जानमा सानातिना गल्तीहरु भए त्यो सबै म भन्न सक्दिँन । मैले हिजो पनि गरेको हुन सक्नु भोली पनि हुन सक्छ तर त्यो जानेर बुझेर हामी यसको स्वच्छतालाई यसको मर्यादालाई, यसको स्वतन्त्रतालाई र सहायतालाई खलल पार्ने काम गर्दैनौँ । कसैको दबाव प्रभावमा नपरीकन निर्वाचन आयोगले आफ्नो सक्षमता प्रकट गर्दछ । मात्र तपाईहरुसित म के चाहन्छु भने तपाईहरुले निगरानी गरिदिनुहोस् । गाली गरिदिनुहोस् । हामी त्यसलाई तत्काल सच्याउँछौँ । त्यसकारण हामी सरकारका अनावश्यक छाया पर्न दिँदैनौँ । त्यो कायम गरेर काम गछौँ ।  यो निर्वाचन धादलीरहित हुन्छ । कुनै शंका छैन । कहीँ कतै भयो भने हामी झन्डै २२ हजार मतदान केन्द्रमा तदअनुसारको व्यवस्था गर्छौ । कहीँ भयो भने शंका हुनसाथ हामी निर्वाचनलाई बदर गर्छौ । र फेरी अर्को निर्वाचन गराउँछौँ । अर्थात आफूले चाहेको कुरामा निर्वाचन चिन्हमा निर्वाद रुपमा स्वतन्त्रतापूर्वक मतदान गर्ने अवस्था सिर्जना गरेर हामी यो निर्वाचन सम्पन्न गराउँछौँ । 

Logo