एल.पी. सावाँलाई प्रश्नः ‘झापा क्षेत्र नं ४ का जनताले तपाईंलाई किन मत दिने ?’

एल.पी. सावाँलाई प्रश्नः ‘झापा क्षेत्र नं ४ का जनताले तपाईंलाई किन मत दिने ?’


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदैछ । नेता तथा कार्यक्रताहरु उम्मेदवारसहित मत माग्न मतदाताको घरघरमा पुगेका छन् । कोहीले नयाँ एजेण्डाको आश्वासन देखाएका छन् भने कोहीले अधुरा कामहरु पूरा गर्ने बाचासहित मत मागिरहेका छन् । 

यसैक्रममा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नं. ४ मा जनताले रुचाएका अनुहार एल. पी. सावाँको उम्मेदवारी रहेको छ । उनलाई सो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थन छ । तर, सो क्षेत्रमा ५ दलीय गठबन्धनमा रहेको नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति देउकुमार थेवेलाई टिकट दिएको छ भने काँग्रेस विपिका तर्फवाट दुर्गाप्रसाद घिमिरे पनि उठेका छन् । यस सन्दर्भमा सो क्षेत्रमा आगामी निर्वाचनमा जितका लागि सावाँलाई कतिको चुनौती छ त भन्ने विषयमा केन्द्रबिन्दुले कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः 

जनतासँग के एजेन्डा लिएर जाँदै हुनुहुन्छ ?

-हामीले जनतासँग लिएर जाने एजेन्डाहरु नेकपा एमालेले तय गर्छ । निर्वाचन क्षेत्रका खास केही विषेश क्षेत्रहरु छन्, त्यो हामीले तय गर्छौं । हिजो नेकपा एमालेले लिएको नीति एमालेले सरकार लिँदा के.पी शर्मा ओली प्रधानमन्त्री हुनु भयो । त्यसपछि उहाँले समृद्धि नेपाल अनि सुखी नेपाल बनाउने अभियान सुरु गर्नुभयो । त्यो अभियानको हामी अभियन्ता हौँ । नेपाललाई समृद्धि बनाउन धेरै पूर्वाधारका विकास, जलविदुतको विकास, गुणस्तरिय शिक्षाको अपेक्षा, स्वास्थ्य सेवाको निम्ति देशभर हस्पताल निर्माणको आवश्यकता हुन्छ । यति मात्र नभएर पूर्वधार विकासको लागि हामी एउटा तहबाट अर्को तहमा रुपान्तरण हुने तयारीमा छौँ । यस्ता धेरै विकास निमार्णका एजेन्डाहरु छन् । त्यो सँगै हामी निरोगी नेपालको निर्माणमा जानु पर्छ । किनभने आज समाज तनावमुक्त समाज बन्न सकेको छैन । नेपालमा मानविय विकासका कार्यक्रमहरु ल्याउनु छ । योसँगै नेपालमा उमक अर्थनीति सरकारले व्यवस्था गरेको छ । यसभित्र धेरै विषयहरु समावेश छन् । यसमा भएको विषयहरु नै हाम्रो मुख्य एजेन्डाहरु हुन् । 

पार्टीको एजेन्डा देशभरीलाई हेरेर बनाउने होला, तपाईँको निर्वाचन त आफ्नो क्षेत्र विशेष हुन्छ त्यसमा पार्टीको एजेन्डा र आफ्नो एजेन्डा के फरक छ ?

-म अघिल्लाे निर्वाचनमा पनि निर्वाचित सांसदको रुपमा छु । मलाई पार्टीले विश्वास गरेर फेरि नयाँ उम्मेदवारको रुपमा सेवा गर्नेगरी पठाएको छ । त्यो कालखण्डमा एमालेको राष्ट्रिय अभियानअन्तर्गत राष्ट्रिय गौरवको योजनादेखि अरु सामान्य योजनाहरु मेरो स्थानिय तहमा जाेडिएका योजनाहरु हामीले सम्पन्न गर्दै जानेछौँ । मेरो निर्वाचन क्षेत्रमा  २९ किलो मिटर हुलाकी मार्ग पर्छ । त्यो मार्ग कालोपत्र गर्ने कार्य सम्पन्न हुदैछ । साथै ३ वटा पुल निर्माण कार्यमा ढिलाई भएको त्यसलाई तुरुन्तै सक्ने गरी ठेकेदारहरुसँत छलफल गरेर काम छिटो सक्ने तयारीमा छौँ । अर्को विषय उत्तर–दक्षिणका दुईबटा लाइफलाइनहरु सडकको रुपमा कन्काइ साइडको पश्चिममा सतासी धाम मन्दिर पर्यटक स्थल र धार्मिक स्थल जोड्ने, झिलझिले बजार जनता चोक विष्णु चोक हुदैँ चौरी हुदै हक्कलबारी भारत सिमान छुने सडक सम्पन्न गर्ने क्रममा छौँ । महाबाराका र चौरीका जनताहरु महेन्द्र राजमार्ग आउन २ घण्टा लाग्थ्यो भने अहिले १५ मिनेटमा आउने स्थीति निर्माण गरेका थियौँ । अर्कोतर्फ कन्काइको पूर्वपट्टी अमरपथ सडकको निमार्ण द्रुत गतिमा छ । 

त्यसको निमार्ण अवधि २०८० भदौ महिनासम्म सक्ने छौँ । हाम्रो निर्वाचन क्षेत्रमा हजारौँ किलो मिटर कच्ची सडकहरु छन् त्यसमध्ये सयौं किलोमिटर सम्पन्न गर्ने क्रममा छौँ । कच्ची सडकलाई कालोपत्रतर्फ लाग्नु छ । शिक्षाको विभेद अन्त्य गर्न चाहान्छौँ । त्यसका निम्ती नेकपा एमाले सरकारमा हुँदा २०७५देखि २०८५ साल सम्म राष्ट्रपति सुधार कार्यक्रम ल्याइयो । त्यो कार्यक्रम लागु भइरहेको छ । अहिले धेरै विद्यालयहरुले त्यस अभियानबाट लाभ लिइरहनु भएको छ । दुई कोटे भवन, चार काेठे भवन बन्ने क्रमहरु जारी छ । केही विद्यलयमा प्राप्त भएको छैन । अब त्यसलाई छिटै राष्ट्रपति सुधार कार्यक्रममा ल्याउँछौं । डिल्लीराज माध्यमिक विद्यालय, कन्काइ माध्यमिक विद्यालय र सिबरद जनआर्दष माध्यमिक विद्यालयलाई हामीले नमूना विद्यालयको रुपमा सुरुवात गरेका छौँ । अहिले प्रत्यक वर्ष डेढ करोड बजेट आएर नमूना माध्यमिक विद्यालय बन्ने क्रममा छ । हामीले २०८५ सालसम्म शिक्षाको विभेद अन्त्य गछौँ । प्राइभेट स्कुलमा पढाउने कि सरकारी स्कुलमा पढाउने अभिभावबले छान्नु पर्छ । शिक्षाको स्तर एउटै हुन्छ । प्राइभेट स्कुलमा पढ्दा शुल्क तिर्नुपर्छ भने सरकारी स्कुलमा पढ्दा शुल्क तिर्नुपर्दैन । अर्कोतर्फ, स्वास्थ्यको लागि मेरो निर्वाचन क्षेत्रमा अस्पताल निमार्णको कार्य भइरहेको छ । यस्तै, जापा क्षेत्र नं. ४मा सबै भन्दा ठूला नदीदेखि लिएर साना नदी अनि झर्नाहरु पनि छन् । साना खोलाहरुलाई नदी निमार्ण गर्ने हाम्रो एजेन्डा हो र यो ठूलो चुनौतीको रुपमा पनि छ । साथै, स्थानिय क्षेत्रमा रोजगारी सुृजना गर्ने हाम्रो एजेन्डा हो । 

तपाईको अघिल्लो ५ वर्षको कार्यकाल संघियतापछिको पहिलो निर्वाचन थियो, त्यो कार्यकालमा नेपालमा आसै परिर्वतन भएन भन्ने खालको गुनासो आम नागरिकको छ । त्यस पछाडीको खास कारण के हो ? त्यो खालको गुनासो नहुनको लागि अब आउने संसदको ५ वर्षको कार्यकाल कस्तो किसिमको हुनुपर्छ ?

-पहिलो कुरा हामीले के बुझ्न पयो भने अघिल्लो कार्यकाल सहज र विकासमा रुपान्तरणकारी काम गर्ने अवस्थाबाट आयो तर त्यहाँ थुप्रै अप्ठेराहरु थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पहिलो वर्ष विकासको पूर्वधार निमार्ण तयार गर्ने वर्ष घोषण गर्नुभयो । दोस्रो वर्ष पूर्वाधार तयार भयो, अव काममा अघि बढ्ने निर्णय भयो । त्यसै सिलसिलामा २०७२ सालमा ढलेको धरहरा उठाइयो, रानी पोखरी बनाउन पर्नेभयो । निजगढ काठमाडौँ फास्ट ट्र्याक बनाउन पर्यो, भारतबाट पेट्रोलियम पाइपलाई ल्याउन पर्यो, लुम्बिनी र पोखराको अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्नु पर्यो, गोदावारीमा ३ हजार जना अट्ने अन्तराष्ट्रिय स्थरको कन्फरेन्स हल बनाउन पर्यो, ५ हजार  जना अट्ने अन्तर्राष्ट्रिय स्तरकाे कन्फरेन्स हल लुम्बिनीमा बनाउने योजनाहरु सुरुवात गरियो । रेल मार्ग विस्तार गरियो । तर यो सबै कार्य सुरुवात गर्ने क्रममा नै काेरोना आयो र त्यसपछि विकासको गति ढिला भयो । त्यसपछि सबै बजेटहरु नेपाली जनताको रक्षाका निम्ति हाल्नुपर्यो । हामी नेपालीको बानी हिजोको अप्ठेरो कुरा भुल्ने र सबै कुरा सहज जस्तो मान्छौँ । तर त्यो सहज थिएन । असहज परिस्थिती पार गर्दै गर्दा हाम्रो सरकार ढल्यो र अर्को सरकार आयो । 

अरुले भन्छन्, अघिल्लो सरकारले केही गरेन अब हामी गर्छाैं । तर गठबन्धनको सरकार बनेको १६ महिन भयो । यो १६ महिनामा के काम गर्यो र ? अहिलेको प्रधानमन्त्रीले विकासको कुरा नगर तलब खाने पैसा छैन् भन्नु हुन्छ । केपी ओली शर्मा प्रधानमन्त्री हुँदा राष्ट्र बैंकमा १४ अर्ब डलर राखेका थियौँ । हामी सरकारबाछ बाहिर आएपछि ६ महिनामा ९ अर्बमा झर्यो अनि रातो बत्ति बल्यो । हामी सरकारमा हुँदा बैंकमा पैसा थियो, सहकारीमा पैसा थियो तर अहिलेको स्थिती बैंकमा गयो पैसा छैन, सहकारीको अवस्था पनि भयावह भएको छ । यो सबैको कारक तत्व हो गठबन्धन सरकार । अहिले सबै उद्योग व्यबसाय धरासयमा छ । बजेट निमार्ण गर्दा मध्यरातमा अनिधिकृत मान्छेको प्रवेश अनि मान्छे देखिन्छ भनेर सीसीटिभी नष्ट गर्ने हर्कत गर्ने सरकार छ अहिले । 

अब फेरी विकासको यात्रा तय गर्न सक्ने भनेको केपी शर्मा ओली नै हो । उहाँलाई नै प्रधानमन्त्री बनाउन नेकपा एमालेले फैसला गरेको छ । हामी जनतालाई आह्वान गर्छौँ । हाम्रो योजना यो हो । हिजो यति काम गरेका छौँ । अब थप काम गर्ने छौँ । त्यसका निम्ति हाम्रो एजेन्डाहरु यी हुन् भने हामी जनताको माझ जाने तयारीमा छौंँ । 

तपाईको निर्वाचनमा विजयको अवस्था के छ ?

-मलाई जनताहरुले रुचाउन पर्ने दुई/तीन वटा कारणहरु छन् ।  २०७० सालमा चुनाव लडेर २४० मतले पराजित भए । त्यसपछि म निरन्तर जनताको घरदैलो र विकासको कार्यमा जेडिएर । उनीहरुको दुःख, अप्ठेरो र सुखमा म थिएँ । त्यसपछि पार्टीले विश्वास गरेर जिम्मेवारी दियो र २०७४ सालमा चुनाव जिते । २०७० सालमा चुनाव हारेपछि मलायृ प्रश्न गरेको थियो तपाईहरु चुनाब जितेर घारदैलो आउनुहुन्न, नेता काठमाडौं गएर हराउँछन् भनेपछि म घरदैलोमा गए । अर्को साल चुनाव पजतेपछि पनि घरदैलोमा गए । म निरन्तर जनताको घरदैलोमा छु । उनीहरुको समस्यमा छु । विकासमा छु । मैले किसानका आली देखेको छु । मलाई खोला कहाँ छ थाहा छ । सडकको कच्ची बाटो थाहा छ । कसलाई गरिब आबासमा राख्ने हो । कसलाई सुरक्षा आवसमा आख्नु पर्ने हो । सबै कुरा मलाई थाहा छ । म जनताको भरोसाको पात्रको रुपमा छु । 

२०७० सालमा निर्वाचन हार्नुभयो । ७० सालको निर्वाचन र ७९ सालको निर्वाचन लडिँरहदा जनताको इच्छा चाहाना र आवश्यकतालाई कसरी  हेर्नुहुन्छ ?

-त्यो बेला र अहिलेको बेला धेरै फरक छ । किनभने मुलुकमा हरेक वर्ष ५ देखि ७ लाख नयाँ युवाहरु श्रम बजारमा प्रवेश गरिरहेका हुन्छन् । १० वर्षको अवधिमा ३५ लाख युवाहरु आइरहेका छन् । उनीहरु राजनीति भन्दापनि भविष्य कसरी बनाउँने भन्ने हुन्छ । उनीहरुले विदेश देखेका छन् । नयाँ युवाको नयाँ सपना छिटो विकास होस् भन्ने छ । हाम्रो गाउँ रमाइलो ठाउँ बनोस अनि छिटो विकास होस् भन्ने चाहान्छन् । रोजगारको अपेक्षा राखेका छन् । यसमा पनि सरकारको निकाय र प्रबन्धहरु छन् । यसले गर्दा तिब्र गतिमा काम गर्न सकिरहेको छैन् । यो हाम्रो समस्या हो । यो चुनौतीहरु पार गरेर हामी अघि बढ्नु पर्ने छ । 

Logo