निःसन्तानपन र बाँझोपनको उपचार सम्भव छ- डा. स्वस्ती शर्मा

निःसन्तानपन र बाँझोपनको उपचार सम्भव छ- डा. स्वस्ती शर्मा


निःसन्तान र बाझोपन अहिलेको जटिल समस्या हो । निःसन्तानपन कै कारण धेरै दम्पती सन्तान बिहीन छन् । निःसन्तानपन र बाँझोपन भनेको के हो त ? यी दुबैबीच फरक छ कि छैन् ? निःसन्तानपनको समस्याको समाधान कसरी गर्ने ? यस्ता समस्या देखिए कहाँ गएर कोसँग परामर्श लिने ? भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । त्यसैले यही विषयमा केन्द्रविन्दुले वरिष्ठ आईभीएफ विशेषज्ञ डाक्टर स्वस्ती शर्मासँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

निःसन्तानपन र बाँझोपनमा के फरक छ ?

-निःसन्तानपन र बाँझोपन फरक विषय हो । कुनै पनि व्यक्तिलाई बच्चा हुन समस्या भइरहेको छ भने त्यो निःसन्तानपन हो । त्यसमा उपचार सम्भव छ र निःसन्तानपनको धेरै उपचार विधि पनि आइसकेका छन् । अर्कोतर्फ सबै जाँच गरी सकेपछि अब सन्तान हुँदैन भन्ने यकिन भएपछि मात्र त्यसलाई बाँझोपन भन्नुपर्छ । 

के कारणले निःसन्तानपनको समस्या आउँछ ?

-कुनैपनि महिला र पुरुषले विवाह गरेको एक वर्ष भइसकेको र सन्तान जन्माउने कोशिस गरिरहनु भएको छ र परिवार नियोजनको कुनै पनि साधान प्रयोग गर्नु भएको छैन् भने महिला र पुरुष दुबैले टेस्ट गर्नुपर्छ । महिलामा निःसन्तानपनको कारण भनेको ट्युब ब्लक भएर हन्छ, भन्नाले अण्डा राख्ने् नली बन्द भएर हुन्छ । त्यसपछि हर्मोनको गडबडीले समयमा अन्डा बन्दैन् । जसले गर्दा निःसन्तानपनको समस्या हुन्छ । यस्तै, शुक्रकिटको मात्रामा कमी, बनोटमा कमी र गतिमा कमीले गर्दा पुरुषमा निःसन्तानपनको समस्या आउँछ । 

कस्तो अवस्थामा ट्युब ब्लक हुन्छ ?

-इन्फेक्सनले गर्दा ट्युब ब्लक हुन्छ । योनीमा इन्फेक्सन भयो भने पाठेघरसम्म सर्छ । इन्फेक्सनले किटाणुहरु फैलिन्छ र ब्लक हुन्छ । महिलाहरुलाई पाठेघरको टीबी भयो भने पनि ब्लक हुनसक्छ । पहिला पनि पेटको शल्यक्रिया गरेको छभने पनि ट्युब ब्लक हुन्छ । अर्कोतर्फ महिलाहरुले पनि चुरोट खाने गर्यो भने ब्लक हुनसक्छ र जन्मजातै एउटा मात्रै ट्युब लिएर जन्मेको हुनसक्छ । राम्रोसँग पाठेघरको आकार नबन्ने र ट्युबनै नबनेको पनि हुनसक्छ । 

निःसन्तानपनको समस्यामा खानपिनको भूमिका कस्तो हुन्छ ?

-अहिले खानपिनले पनि निःसन्तानपनको समस्या निम्त्याएको छ । महिलाहरुले पनि धूम्रपान, मध्यपान गर्दा र अस्वस्थ्य जीवन शैली जिउँदा यस्तो समस्या हुन्छ । जस्तै ढिलो सुत्ने, ढिलो उठ्ने,जङ्क फुडहरु खाने गर्दा मोटोपन पनि बढिरहेको हुन्छ । तौल बढेसँगै हर्मोनको गडबडी हुन्छ । धेरै महिलाहरुलाई थाइरोइडको समस्या हुने र तौल बढ्दै गएपछि शरीरमा इन्सुलिनले काम गर्न छोडेर तौल बढ्दै जाने हो । यसको असरले समयमा अण्डा बन्दैन । जसको कारण बच्चा जन्माउन गाह्रो हुन्छ । 

महिलाले भन्दा पुरुषहरुले धेरै मात्रामा धूम्रपान र मध्यपान सेवन गरेको पाइन्छ । यसले पुरुषहरुलाई पनि निःसन्तानपनको समस्या निम्त्याउँछ ?

-चुरोट तथा खैनीहरुमा धेरै निकोटिन हुन्छ । जसले गर्दा अण्डाकोषमा भएका शुक्रकिट बनाउने सेलमा समस्या आउँछ । कतिपय खाँदै नखाने मान्छेलाई पनि यो समस्या देखिएको हुन्छ । पुरुषहरुले रक्सी पनि खान्न चुरोटपनि खान्न तरपनि कसरी शुक्रकिट कमी भयो भन्ने हुन्छ ? धेरै चिन्ता लिने,  जिम जाने र मसल बनाउने सप्लिमेन्ट खानाले शुक्रकिटमा कमी आउँछ । विदेश गएका पुरुष जसले दुबइ, साउदी तथा कतार गएर चर्को घाममा काम गर्ने गर्दा शुक्रकिटको कमी देखिन्छ । कहिलेकाहिँ जन्मजात पनि हुन्छ । 

निःसन्तानपनको उपचार विधि आईभीएफ र आईयुआईमा के फरक हुन्छ ?

-यो विधिलाई कृत्रिम गर्भाधान मान्नुपर्छ । कृत्रिम गर्भाधान अन्तर्गत आईयुआई आउँछ । आईयुआई भनेको इन्ट्रा युटेराइन इन्सेमिमेसन अर्थात पाठेघरभित्र शुक्रकिट हाल्ने हो । जुन पुरुषको शुक्रकिटमा कमी छ । यसमा महिलाको अण्डा बनिसकेपछि श्रीमानको शुक्रकिट लिएर त्यसलाई औषधीहरु हालेर वास गर्नुपर्छ जसले राम्रो शुक्रकिट तल रहन्छ र मरेको सबै माथि आउँछ  । त्यो राम्रो गति भएको शुक्रकिटलाई मात्र सुईको सहयोगले महिलाको अण्डा फुट्नुभन्दा अगाडि र फुटिसकेपछि पाठेघरभित्र हाल्नुपर्छ । अण्डा नजिकै लगेर शुक्रकिट राख्दिँदा शुक्रकिटले छिटै अण्डा भेटाएर बच्चा बन्ने सम्भावना हुन्छ । 

अर्कोतर्फ आईभीएफ भनेको चै टेस्टट्युब बेबी हो । अण्ड बनेर ट्युबमा आउँने हुन्छ । शुक्रकिट गएर ट्युवभित्र छिरेर अण्डालाई भेट्टाउन पर्छ अनि बच्चा बन्ने हो । ट्युब ब्लक भएमा अण्डा र शुक्रकिटको मिलन हुदैन । यस्तो अवस्थामा आइभीएफ नै गर्नुपर्छ । महिलालाई हर्मोनको सुई लगाईदिएर अण्डा बनेपछि बेहोस बनाएर अण्डा झिक्नुपर्छ । त्यसपछि ल्याबमा लगेर अण्डामा शुक्रकिट हालेर बच्चा बनाउने र बनेको बच्चा फेरि पाठेघरमा राख्नुणपर्छ । 

आईयुआई उपचार विधिबाट बच्चा राख्दा १०० प्रतिशत सफल हुन्छ ?

-यो सबै कृत्रिम गर्भाधान हो । सबै कृत्रिम प्रक्रिय १०० प्रतिशत हुँदैन । रिसर्चका अनुसार आईयुआईमा शुक्रकिटलाई सफा गरेर पाठेघरमा हालेर सफल भएको १५ देखि २० प्रतिशत मात्र छ । त्यो भन्दा बढी सक्सेस रेट छैन् । आईभीएफमा पनि सक्सेस रेट भनेको ४५/५० प्रतिशत मात्र हो । तर पनि सबै मान्छेको सक्सेस रेट आ–आफ्नो हुन्छ । जस्तै, महिलाको उमेर, अण्डाको क्वालिटी र पुरुषको उमेर, शुक्रकिट र बनेको बच्चाको क्वालिटी अनि पाठेघरको अवस्था सबै हेरेर सक्सेस रेट कति होला भनेर अनुमान लगाउन सकिन्छ तर शत् प्रतिशत केहीमा पनि हुँदैन् ।

टेस्टट्युब बेबी गर्दा पुरुषको शुक्रकिटको कारणले बच्चा पाठेघरमा राखिन्छ । त्यसपछि बच्चा भएन भने महिलाले बच्चा जन्माउने काम हो किन भएन भनेर गुनासो आउँछ कि आउदैँन?

-यस्ता धेरै गुनासो आउँछ । तपाईको शुक्रकिट राम्रो थिएन भन्दा टेस्टट्युब बेबी गर्दा त पुगेको थियो त ? बच्चा त बनेको थियो नि ? फेरि किन भएन ? उसैको पाठेघरमा केही खराबी होला भन्ने कुरा आउँछ । सायद महिलाले ९ महिना पाठेघरमा राखेर बच्चा जन्माउने भएर यो अपजस् सबै महिलालाई नै आउँछ । 

टेस्टट्युब बेबी गर्दा जुम्लिया सन्तान हुने सम्भावना हुन्छ भनिन्छ, के कारणले गर्दा यस्तो हुन्छ ?

-साधारणतया एउटा मात्र अण्डा बन्छ । शुक्रकिटले एउटा अण्डालाई मात्र फर्टिलाइज गर्ने हो । तर कहिले काहीं अण्डा बनाउने औषधी सेवन गर्दा धेरै अण्डा बन्छन् । दुईटा अण्डा बन्यो अनि दुईटा शुक्रकिटले दुईटा अण्डालाई फर्टिलाइज गरेमा जुम्ल्याहा बच्चा हुन्छ । टेस्टट्युब बेबी बनाउँदा ३–४ वटा बच्चा बनेका हुन्छन् । हामीले एकै पटक राख्दा दुईटा अथवा तीन वटा भ्रूणलाई पाठेघरमा हाल्दिने गछौँ । त्यसले गर्दा दुई अथवा दुई भन्दा बढी बच्चा बस्ने सम्भावना रहन्छ । 

तपाईको करियरमा उपचार गर्दा कस्ता कस्ता बिरामी आएका छन्? कहिले काहीं त अप्ठ्यारो अवस्था पनि आउँछ कि ? 

-त्यस्तो अवस्था धेरै आउँछ । हाम्रो लागि परामर्श धेरै महत्वपूर्ण हुन्छ । यसरी बिरामी आउँदा मैलै एक घण्टासम्म परामर्श गरेको हुन्छु । धेरै पटक भनिन्छ कि यो १०० प्रतिशत हुँदैन । हामीले उपचारको क्रममा कन्सेन्ट पनि साइन गराएका हुन्छौँ । त्यसमा राम्रोसँग लेखेको हुन्छ कि यो १०० प्रतिशत ग्यारेन्टी हुदैन । प्रेग्नेन्ट भइसकेपछि पनि यसले जिउँदो बच्चाको ग्यारेन्टी दिंदैन । तर बच्चा नभएपछि आउने रिसाउने अनि पत्रिकालाई भन्दिन्छु भन्ने गर्नुहुन्छ । पत्रकार साथी भाइ छभने लेखेर छापी पनि दिने, परिवारको सबै सदस्य आएर गाली गर्ने गर्नुहुन्छ । हामीले जसरी पनि सम्झाई बुझाई पठाउन पर्ने हुन्छ । 

जस्तै निःसन्तानपन भइरहेको बेला टेस्टट्युब बेबी गर्न कसैले चाहन्छ भने नेपालमा त्यसको सम्भावना कति छ ?

-पहिलेभन्दा अहिले नेपालमा एकदम राम्रो सम्भावना छ । मेरो विचारमा त टेस्टट्युब बेबी गर्न दम्पतीहरु नेपाल बाहिर जानै पर्दैन् । अहिले काठमाडौंमा १७ वटा टेस्टट्युब बेबी सेन्टर छन् । सबैले एकदम राम्रो सेवा दिइरहेका छन् । हो हामी अलिकति पछाडि छौँ । हाम्रोमा हाईफाई उपकरण नहोला । तर हाईफाई उपकरणले बच्चा १०० प्रतिशत हुन्छ भन्ने छैन । टेक होम बेबी रेट अर्थात् टेस्टट्युब बेबीबाट बच्चा जन्मेर घर लैजाने रेट अहिलेसम्म संसारभर ३५ देखि ४० प्रतिशत मात्र छ । त्यही भएर नेपाल पनि उत्तिकै सक्षम छ । नेपालमा सबै डाक्टरहरुले राम्रोसँग टेस्टट्युब बेबी गरिरहेका छन् । 

टेस्टट्युब बेबीसम्म पुग्ने अबस्था कसरी आउँछ  ? 

-कहिलेकाहीं त सुरुमै श्रीमानको शुक्रकिट कम हुन्छ अथवा वीर्यमा शुक्रकिट नै भेटिन्न । त्यसैले अण्डकोषमा सानो सुईले शुक्रकिट निकालेर आईभीएफ नै गर्न पर्छ । कहिले काँही शुक्रकिटमा कमी आएर आईयुआई गर्न पाठेघरमा शुक्रकिट राखेर गरौं भनिन्छ । चार पटकसम्म पनि आईयुआई गर्दा बच्चा बसेन भने टेस्टट्युब बेबीमा जान पर्छ । उपचारकै क्रममा महिलाहरुको ट्युब ब्लक देखियो भने फेरि टेस्टट्युब बेबीनै गर्नुपर्छ । कहिलेकाँही महिलाहरुको अण्डामा एकदम कमी आइरेहेको हुन्छ । अण्डा बन्दैन् । हर्मोनमा कमी आयो भने टेस्टट्युब बेबीनै जाने सम्भावना हुन्छ । 

हर्मोनमा कमी आउने अनि अण्डा नबन्ने भयो भने औषधी गर्न मिल्छ ?

-अण्डा बन्दै नबन्ने र औषधी खान दिएर बन्न सक्ने चै पोलिसीस्टीक ओभरीज हो । यसमा अण्डाको स्टोर धेरै भएपनि समयमा अण्डा बन्दैन् । यस्तै, कुनै महिलाहरुको समय भन्दा पहिला नै डिम्बाशयले काम गर्न छोड्यो भने त्यो पोलीसीस्टीक हो । त्यसरी काम गर्न छोडेपछि डिम्बाशयको अण्डा उत्पादन र क्वालीटीमा एकदम कमी आउँछ । त्यसैले गर्दा पनि छिटै टेस्टट्युब बेबी गरेर बच्चा जन्माउन पर्योभन्ने हुन्छ । अझ कुर्ने भए अरु कसैको अण्डा लिएर पनि टेस्टट्युब बेबी गर्नुपर्ने सम्भावना हुन्छ । 

अहिलेसम्म विश्वलाई नै हेर्दा यो निःसन्तानपनको समस्या महिलाले गर्दा भयो भन्ने हाम्रो समाजको बुझाइ छ । मूल्याङकन गर्दा महिला र पुरुषमा उस्तै छ । मैले अनुभब गरेको पहिला महिला मात्र आउने र बच्चा भएन भनेर उपचार गर्ने गर्थे । उपचार गर्दापनि बच्चा नभएपछि अन्तिममा पुरुष आएर जाँच्दा पुरुषमा कमी देखिन्थ्यो । तर अहिले महिला र पुरुष दुबैजना आउने आफ्नो स्वास्थ्य जाँच गर्ने गर्नुहुन्छ । आज भोलि त श्रीमानले आफूबाट बच्चा भइरहेको छैन् भन्ने शंका लागेपछि श्रीमान् पहिला आएर आफ्नो जाँच गरेपछि मात्र श्रीमतीलाई ल्याउने चलन बढेको छ ।

Logo