विद्यार्थी विदेश पुगेपछि पनि हरेक पाइलामा सहयोग गर्न वेद तत्पर रहन्छः निर्देशक आशिक कार्की

विद्यार्थी विदेश पुगेपछि पनि हरेक पाइलामा सहयोग गर्न वेद तत्पर रहन्छः निर्देशक आशिक कार्की


पछिल्लोसमय अध्ययनको शिलशिलामा विदेश जानेको संख्या निकै बढ्दै गएको छ । विभिन्न एजुकेसन कन्सल्टेन्सीबाट परामर्श लिएर विद्यार्थीहरु बाहिर पढ्न जान्छन् । त्यहीँ मध्येको एक हो वेद एजुकेसन कन्सल्टेन्सी । यो कन्सल्टेन्सी कसरी स्थापना भयो ? यसले कुन–कुन देशमा अध्ययन गर्न पढाउन ? विद्यार्थीलाई कस्ता सेवा प्रदान गर्दै आएको छ ? त्यहीँ विषयमा हामीले वेद् अन्तर्राष्ट्रिय एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीसँग कुराकानी गरेका छौँ । प्रस्तुत, उक्त कुराकानीका सम्पादित अंश-
 
वेद एजुकेसन कन्सल्टेन्सीको इतिहासको बारेमा भनिदिनुस् न । कसरी स्थापना भयाे यो कन्सल्टेन्सी ?

-वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सी सन् २०१० मा स्थापना भएको हो । केही शिक्षित वर्गहरु मिलेर स्वदेशमा बसेर अध्ययन गर्न चाहने वा विदेशमा गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवश्यक पर्ने सेवा सुविधाहरु कसरी दिन सकिन्छ भन्ने कल्पनाबाट यो स्थापना भएको हो । स्थापना भएका दिनदेखि नै विद्यार्थीहरुलाई साना–साना सामानहरु, अध्ययन गर्दा आवश्यक पर्ने ट्युसनहरुजस्ता तालिमहरु दिन सुरु गरियो । पछि अब्रोर्ड स्टडीको डिमाण्ड पनि बढ्दै गयो । १०, ११ र १२ देखि अष्ट्रेलियाको डिमाण्ड पनि एकदमै बढ्न थाल्यो । र यस कन्सल्टेन्सीले पनि डिमाण्ड अनुसारको अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई सहयोग गर्दै अगाडि बढ्न थाल्यो । पछि सयौं विद्यार्थीहरुलाई वेद इन्टरनेशनल कन्सल्टेन्सीले अष्ट्रेलियामा अध्ययन गर्न सहयोग गर्न सक्षम भयो । वेद इन्टरनेशनलमा शिक्षित तथा दक्ष टिमको महसुस गर्दै बेला बखतमा थप्दै गयो । त्यसदिनपछि आजको अवस्थामा वेद इन्टरनेशनल छ ।

हामीले अहिले एउटै छातामुनी नै विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई वा स्वदेशमै अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा दिइराखेका छौं ।

यो कन्सल्टेन्सीले बाहिर अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई के कस्तो सुविधा दिँदै आएको छ ? र अन्य कन्सल्टेन्सीभन्दा यो किन फरक छ ?

-यो वेद इन्टरनेशनल अरु कन्सल्टेन्सीभन्दा के फरक छ भने हामीले अहिले एउटै छातामुनी नै विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई अथवा स्वदेशमै अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा दिइराखेका छौं । हाम्रो मुख्य फोकस विद्यार्थीलाई इच्छा, दक्ष अनुसारको राम्रो युनिभर्सीटी वा कलेजमा एड्मिसन गराउँछौँ । त्यो बाहेक विद्यार्थीलाई अन्य आवश्यक पर्ने कुराहरु जस्तै, सपोर्टिङहरु, एक्जुलर्ली सर्भिसेसहरु जस्तैः उदाहरणका लागि हामी यहाँ टेस्ट प्रिपिरेसनको आयल्स र पीटीइको र टफेल्सको क्लासहरु पनि दिँदै आएका छौं । साथै टेस्ट प्रिपिरेसनको डेट बुकिङको  लागि पनि हामी सहयोग गर्छौँ । 

सबैलाई परिक्षालाई मध्यनजर गरेर क्लासहरु दिन्छौं र आधिकारीक स्राेतहरु पनि उपलब्ध गराएर परिक्षाको मिति तय पनि हामीले गरिदिन्छौं ।

त्यस्तै, टफेल, पीटीइको हामी आधिकारीक एजेण्ट पनि हौं । उहाँहरु सबैलाई परिक्षालाई मध्यनजर गरेर क्लासहरु दिन्छौं र आधिकारीक स्राेतहरु पनि उपलब्ध गराएर परिक्षाको मिति तय पनि हामीले गरिदिन्छौं । अर्को युनिभर्सीटीमा अध्ययन गर्नुपश्चात, भिजा लागेपछि र विद्यार्थीहरु उता गएपछि आवश्यक पर्ने सम्पूर्ण कुराहरुको व्यवस्था पनि यसै छाताबाट गर्दै आएको छाैँ । एउटा विद्यार्थीलाई आवश्यक पर्ने कुराहरु जे–जे सेवाहरु हुन्छ त्यो हामी यहाँबाट उपलब्ध गराउँदै आएका छौं ।

यसले विद्यार्थीलाई सुहाउने विश्वविद्यालयमा र डिग्री कार्यक्रमहरुको लागि कसरी सिफारिस गर्छ र यसमा के–के कुरामा विचार गर्नुपर्छ ?

विद्यार्थी यहाँ आउँदा सर्वप्रथम हामी फ्रि-स्कोरिङ गर्छौँ । उहाँहरु कुन ब्याकग्राउण्डबाट, कुन फ्याकल्टीबाट आउनु भएको छ र लिएको ग्रेडहरु सबै हेर्छौँ ।

-विद्यार्थी यहाँ आउँदा सर्वप्रथम हामी फ्रि-स्कोरिङ गर्छौँ । उहाँहरु कुन ब्याकग्राउण्डबाट, कुन फ्याकल्टीबाट आउनु भएको छ र लिएको ग्रेडहरु सबै हेर्छौँ । र त्यसपछि उहाँ कुन विषयमा राम्रो गर्न सक्नुहुन्छ भनेर त्यो छुट्याउन सक्छौँ ।

दाेस्रो भनेको हामी फाइनान्सिङ स्क्रोलिङ गर्छौँ । विदेश जाने विद्यार्थीका लागि यो एकदमै आवश्यक पनि हुन्छ । विद्यार्थीको परिवारको स्टाटस के छ ? कस्ता विश्वविद्यालयमा उहाँले पढ्न सक्नुहुन्छ । हामी त्यो स्किनिङ गर्छौ र हामी उहाँको सामाजिक गतिविधि पनि चेक गर्छौँ । प्रि-स्किनिङ फेयर गर्दा हामी सबै कुरा थाहा पाउँछौँ ।

रेसियोको कुरा गर्दा स्थापना कालदेखि अहिलेसम्म अष्ट्रेलिया ८० प्रतिशत जान सफल भए र युकेको लागि चाहीँ १०० प्रतिशत नै छ ।

यो कन्सल्टेन्सीले हालसम्म अमेरिका, अष्ट्रेलिया र बेलायतका विश्वविद्यालयमा कति विद्यार्थीहरु भर्ना गरेको छ ? 

-हामीले अहिलेसम्म सयौं विद्यार्थीहरुलाई पठाइसकेका छौं । रेसियोको कुरा गर्दा स्थापना कालदेखि अहिलेसम्म अष्ट्रेलिया ८० प्रतिशत जान सफल भए र युएसमा १० देखि १५ प्रतिशत मात्र छ । किनकी युएसमा उनीहरुको भिजा नीति नै त्यहीँ अनुसारको भएर लगभग सबैले भिजा पाउने नेचर छैन । थोरै संख्यामा मात्र लैजाने उनको टार्गेट भएर त्यति मात्र हुन्छ । युकेको लागि चाहीँ हाम्रो १०० प्रतिशत नै छ ।

यसले बाहिर जाने विद्यार्थीहरुका लागि छात्रवृत्ति प्राप्त गर्न कसरी सहयोग गर्छ र कस्तो प्रकारको छात्रवृत्ति अवसरहरु उपलब्ध हुन्छन् ?

यो कन्सल्टेन्सीले विद्यार्थीलाई फाइनान्सियल सहज होस् भनेर छात्रवृत्तिलाई प्राथमिकता राख्ने गर्छ ।

-छात्रवृत्तिको कुरा गर्दा यो कन्सल्टेन्सीले विद्यार्थीलाई फाइनान्सियल सहज होस् भनेर छात्रवृत्तिलाई प्राथमिकता राख्ने गर्छ । छात्रवृत्ति मात्र नहेरी विद्यार्थीलाई सहज हुने अन्य कुनै छात्रवृत्ति छन् भने हामी त्यो पनि पत्ता लगाइिदन्छाैँ । मिरेड बेस इस्कलर्सिप पनि हुन्छन् । जस्तै, कोही खेलमा अब्बल हुन्छ, कोही म्युजिसियनमा अब्बल हुन्छन्, तर उनीहरुको स्कोर राम्रो हुँदैन । उनीहरुसँग जे दक्षता छ त्यहीको आधारमा उनीहरुलाई लैजान पनि सक्छौं । हाम्रो जुन पर्सेन्टेज राम्रो हुन्छ त्यो नै जान पाइन्छ भन्ने मान्यता छन् । त्यसको लागि मात्र स्कलर्सिप हैन कि हामी विद्यार्थीलाई पहिले राम्ररी चिनेर ऊ भित्र भएको दक्षतालाई विश्वविद्यालयमा जानकारी दिएर त्यही अनुसारको स्कलर्सिप दिन हामी मद्धत गर्छौँ ।

यहाँका काउन्सिल र स्टाफहरुको योग्यता र तालिमको बारेमा भनिदिनुस् न ।

हाम्रा काउन्सिलिङहरु क्युयूएसी ट्रेनिङ प्राप्त पनि हुनुहन्छ । लाइसेन्स होल्डर पनि हुनुहुन्छ ।

-हाम्रा काउन्सिलिङहरु क्युयूएसी ट्रेनिङ प्राप्त पनि हुनुहन्छ । लाइसेन्स होल्डर पनि हुनुहुन्छ । यो चाहीँ बिशेषगरी अष्ट्रेलिया जानेको काउन्सिलिङ गर्नका लागि लिइने डिग्री हो । र साथसाथै नेपाल सरकारको गाइडलाइनअनुसार टिआइटिआई तालिम प्राप्त काउन्सिलर पनि हामीसँग हुनुहुन्छ । हामीसँग मास्टर क्लियर गरेका नै धेरै छन् र मिनिमम पनि हाम्रा काउन्सिलरहरु ब्याचर क्लियर गरेका हुनुहुन्छ । यसका साथै हाम्रा काउन्सिलरहर कम्तिमा ५ वर्ष काम गरिसकेको हुनुहुन्छ । त्यसैले हाम्रा काउन्सिलरहरु एकदमै दक्ष हुनुहुन्छ ।

याे कन्सल्टेन्सीले विद्यार्थीहरु विश्वविद्यालयमा भर्ना भइसकेपछि र विदेशमा अध्ययन गर्ने तयारी गरिसकेपछि उनीहरुलाई कस्तो प्रकारको सहयोग उपलब्ध गराउँछ ?

-यसमा हामीले गर्छु भनेर भन्दा पनि गरेर देखाउने हो । हामीले गरेका पनि छौं । सबै फेमिली जस्तो नै भएको छ । आज म कहाँबाट कुनै व्यक्ति सिड्नी जान रुचाउँछ वा कुनै सहर जान रुचाउँछ, त्यहाँ कोही आफन्त छैनन् भने सर्वप्रथम अक्मोडिसन उपलब्ध गराउन हामी सक्षम छौं । यति गर्दा पनि भएन भने कुनै एउटा साथीको साथ सहयोग चाहियो भने हामी कहाँबाट गएका पूराना विद्यार्थीहरुलाई अनुरोध गरेका खण्डमा सानासाना कुराहरु सिकाइदिनुहुन्छ । त्यसैले हामी गइसकेपछि पनि सहयोग चाहिएको खण्डमा सहयोग दिन्छौं । विगतमा पनि त्यो कामहरु गरेका छाैँ र भविष्यमा पनि त्यो सर्भिस दिन्छौं ।

यो कन्सलटेन्सीले कोरोना महामारीमा कस्ता चुनौतीहरु सामना गर्यो ? र यो कठिन समयपछि पनि विद्यार्थीहरु विदेशमा पढ्ने आफ्नो सपना पूरा गर्न सक्षम छन् भन्ने देखाउन के कस्ता कदमहरु चाल्नुभएको छ ?

-कोभिडको समयमा हामी धेरै विद्यार्थीसँग सम्पर्कमा थियौं । हामी विभिन्न संस्थामा अध्यक्षहरु विभिन्न व्यक्तिहरु र हाम्रा विद्यार्थीसँग हामी सम्पर्कमा बसिरहेका थियौं । कहाँ के सहयोग पर्छ हामी तत्पर अवस्थामा नै बसिरहेका थियौं । हामीले सोचेजस्तो विद्यार्थीहरुले दुःख पाएनन् । किनभने त्यहाँको सरकारी नीतिले नै विद्यार्थीलाई सहयोग मिल्यो । फि-पेमेन्ट गर्न चाहीँ त्यो बेला अलिकति गाह्रो भएको थियो । तर त्यतिबेला पनि हामीले विद्यार्थीलाई सहयोग गरिरहेका थियौँ । एकैचोटी तिर्नुपर्ने फि-पेमेन्टहरु चाहीँ किस्ता किस्ता गरेर दिन मिल्ने खालका सहयोगहरु मिलेको थियो । त्यो हामीले विद्यार्थीलाई सहयोग गरेका थियौं । वेदले मात्र नभई एनआरएनए, इक्यान, एमबिएसी जस्ता विभिन्न सरकारी निकायहरुसँग को-अर्डिनेसन दिएर सहयोग गर्न सफल भयाैँ कोभिडको समयमा पनि ।

अब्रोड एजुकेसनमा परामर्शदाता शैक्षिक संस्थाहरुका कारण यो क्षेत्रमा थुप्रै विकृति आएका छन् भनिन्छ, यसबारेमा के भन्नुहुन्छ ?

-यो भनेको शिक्षाको कमिले गर्दा हुने गर्दछ । यसमा विद्यार्थीहरु सबैभन्दा राम्रो काउन्सिलर कुन हो भनेर काउन्सेलिङ गर्न सक्नुपर्छ । कन्सल्टेन्सी राम्रो कुन हो भनेर चिन्न सक्नुपर्छ । राम्रो कन्सल्टेन्सी छुट्याउनको लागि सर्वप्रथम  इक्यानको सदस्य हो की हाेइन बुझ्नुपर्छ । विद्यार्थीले जान्नुपर्छ । इक्यानमा सदस्य भएका मात्र कन्सल्टेन्सीहरु राम्रा हुन्छन् भन्ने हुँदैन । इक्यानमा सदस्यता लिएकाहरुले केही नराम्रो काम गरेमा इक्यान आफैले कारबाही गर्छ ।

त्यसो हुँदा विद्यार्थीहरु सुरक्षित हुन्छन् । शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ या छैन हेरेर कन्सलटेन्सिको क्वालिटी छुट्याउन सकिन्छ । अन्तर्राष्ट्रिय ट्रेनिङहरु लिएका छन् या छैनन् भनेर हेर्नुपर्छ ।

विदेश जाने अधिकांश विद्यार्थी अध्ययन भन्दा पनि काम र पीआरको प्रकृयामा बढी सक्रिय छन्, यस्तो किन होला ?

विद्यार्थीहरुलाई कसरी फर्काउने भनेर कन्सल्टेन्सीले भन्दापनि नेपाल सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

-पीआरकै लागि भनेर सबै विद्यार्थीहरु विदेश गएका हुँदैनन् र सबै देशले पीआर दिन्छ भन्नेपनि हुँदैन । विद्यार्थीहरु अध्ययनको लागि अष्ट्रेलिया अमेरिका मात्र नभई चाइना, भारत, बङ्गलादेश, इजिप्ट जस्ता देशहरुमा पनि जाने गर्दछन् तर धेरै जस्तो विद्यार्थीहरु नेपाल फर्किएर आउने गर्दछन् थोरैले मात्र पीआर लिएर बस्छन् । विद्यार्थीहरुलाई कसरी फर्काउने भनेर कन्सल्टेन्सीले भन्दापनि नेपाल सरकारले ध्यान दिनुपर्ने देखिन्छ । सरकारले जाने कुरामा भन्दा पनि गएकालाई कसरी ल्याउने भन्ने कुरा सरकारले सोच्नुप-याे ।

वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीका आगामी भविष्यका के कस्ता लक्ष्य र योजनाहरु छन् ? स्थापना कालदेखि यो संस्थाको विकास कस्तो भइरहेको छ ? 

‍-स्थापना कालदेखी आजसम्म हामी सबै किसिमका सुविधा दिन सफल भएका छौँ र इमान्दारीता पूर्वक सेवा दिइरहने छौँ ।

जुन देशमा जाने हो त्यसमा त्यो देशको भिजा पोलिसी, आवश्यक पर्ने कागजातहरु, वातारण, त्यहाँ पाउने अवसरहरु, विश्वविद्यालय कति दिन जानुपर्ने लगायतका विभिन्न कुराहरुमा विद्यार्थीहरुले डिटेल अध्ययन गर्न जरुरी छ ।

विदेश अध्ययन गर्न तयारीमा रहेका विद्यार्थीहरुले मुख्यत के-के कुरामा ध्यान दिन आवश्यक छ ? र यो कन्सल्टेन्सी राम्रो भनेर कसरी छुट्याउन सकिन्छ ?

-विदेश अध्ययन गर्न जाने विद्यार्थीहरु एकदमै अध्ययनशील हुन जरुरी छ  । जुन देशमा जाने हो त्यसमा त्यो देशको भिजा पोलिसी, आवश्यक पर्ने कागजातहरु, वातारण, त्यहाँ पाउने अवसरहरु, विश्वविद्यालय कति दिन जानुपर्ने लगायतका विभिन्न कुराहरुमा विद्यार्थीहरुले डिटेल अध्ययन गर्न जरुरी छ । यहीँ अध्ययन गर्न मुस्किल भएको खण्डमा नै कन्सल्टेन्सी जाने हो । र राम्रो कन्सल्टेन्सी गएर यो सबै कुराको उत्तर पाउनुहुन्छ । कन्सलटेन्सी सही छ वा गलत छ भनेर थाहा पाउनका लागि उहाँले के पनि गर्न सक्नुहुन्छ भने कुनै कन्सल्टेन्सीले उत्तर दिन्छ भने त्यो उत्तर उहाँले गुगलमा गएर चेक गर्नुप-याे अथवा सम्बन्धित वेवसाइटमा गएर अध्ययन गर्नुप-याे । कसैले केही कुरा भन्छ भने विश्वास गरिहाल्नु भएन । यसका साथै पहिले गएका विद्यार्थीहरुको सक्सेस स्टोरी कस्तो छ, भिजा कत्तिको  लगाइराख्नु भएको छ भनेर बुझ्दा पनि राम्रो हुन्छ । पहिले गएका विद्यार्थीसँग कुरा गर्दा पनि हुन्छ ।

यो कन्सल्टेन्सीसँग काम गरेका कुनै विद्यार्थीको सफलताका कथा सार्वजनिक गर्न सक्नुहुन्छ ?

-एकजना विद्यार्थी हुनुहुन्थो हामीसँग अष्ट्रेलिया जान मन गर्नुभएको थियो तर उहाँको योग्यता नपुगेका कारण उहाँलाई हामीले लिन सकेनाैँ । तर पछि उहाँको योग्यता पुगिसकेपछि फेरि आएर हाम्रैबाट जानुभयो । चाँडै नै भिसा लागेको थियो । अहिले पनि राम्रै गरिरहनु भएको छ । मेरो साथी जस्तै हुनुहुन्छ । विद्यार्थीलाई सहयोग चाहियो भने उहाँले सहयोग गर्नुहुन्छ । विद्यार्थीहरु सुरुमा आउँदा अलि गाह्रो मान्नुहुन्छ । त्यसमा त यति पैसा दियो भने गर्दिन्छ तपाई पनि गरिदिनुस् भन्नुहुन्छ । तर, हामी विद्यार्थीको सम्पूर्ण डकुमेन्टहरु भएपछि मात्र प्राेसेस गर्छौँ । 

Logo